लन्डन । बेलायतमा बसोबासरत गुरुङहरुको साझा संस्था तमुधिं युकेको दसौं कार्यकालको लागि नन्दजंग गुरुङ निर्विरोध छानिएका छन् । २९ सदस्यीय कार्यसमितिको सन् २०१९—०२० को कार्यकालका लागि चुनिएका नन्दजंग तमुधिंको दसौं अध्यक्ष हुन् । तमूहरुका आफ्नो संस्कृति, कला, पहिरनलगायत भाषा आदिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापित सो संस्थाले एक च्यारिटेबल संस्थाको रुपमा बेलायतमा दर्ता भएको हो ।
नन्दजंग गुरुङले बेलायतको नेपाली समाजमा लोकप्रियता हासिल गरेर विशाल बनेको आफ्नै भवन भएको संस्था तमुधीं यूकेलाई कसरी नेतृत्व प्रदान गर्लान् भन्ने विषय पर्खाइको बनेको छ । हालसम्म संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ (२०००—०४), मेजर डम्बर घले (२००५—०६), मेजर लालबहादुर गुरुङ (२००७—०८), सुवासिङ गुरुङ (२००९—१०), मुछेत्र गुरुङ (२०११—१२), कमल गुरुङ (२०१३—१४), सुर्जे (रामचन्द्र) गुरुङ (२०१५—१६) र ज्ञामबहादुर गुरुङ (२०१७—१८)ले तमू धीं यूकेको सफल नेतृत्व गरिसकेका छन् ।
नवनिर्वाचित कार्यसमिति अध्यक्ष नन्दजंग, उपाध्यक्षहरु जुमकाजी गुरुङ, हरि गुरुङ, हित काजी गुरुङ, महासचिव तुलराम गुरुङ, सचिव परशुराम गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, सहकोषाध्यक्ष कमल गुरुङ, खेलकुद सचिव क्या पिताम्बर गुरुङ प्रवक्ता रोहितकुमार गुरुङ, सांस्कृतिक सचिव इन्द्र घोताने गुरुङ, प्रेस (वेबमास्टरु) सविन्द्रकुमार गुरुङ, सदस्य मिलन तमु गुरुङ, प्रेपर्टी नरेश गुरुङ, युवा राजेन्द्र गुरुङ, महिला प्रमुख जगतमाया गुरुङ, सदस्य भोजबहादुर गुरुङ, सदस्य मनप्रसाद गुरुङ, सदस्य जयबहादुर गुरुङ, सदस्य कोलप्रसाद गुरुङ, सदस्य टंकप्रसाद गुरुङ, सदस्य श्रीप्रसाद गुरुङ, सदस्य युवन गुरुङ, सदस्य श्रीबहादुर गुरुङ, सदस्य अरुण गुरुङ, सदस्य सगरमाथा गुरुङ, सदस्य लवकुमार गुरुङ, सदस्य यमकुमार गुरुङ र सदस्य भीम गुरुङ चयन भए ।





तस्बिर : मिलन तमु






