नेपालमा बसोबास गर्ने मनाङगे जाति

SHARE:

गुरुङ रामप्रकाश ‘समथिङ’

हिमाली क्षेत्रमा बस्न मन पराउने जाति मनाङगे । उनीहरु नेपालको हिमाली जिल्ला मनाङमा बस्ने भएकोले यो क्षेत्रलाई नेस्याङ भनिन्छ । त्यसैले स्थानीय बासीहरु उनीहरु नेस्याङबासी पनि भनिन्छ । तर धेरै जसोले मनाङगे नै भन्ने भएकोले मनाङगे नै भनिन्छ । थोरै संख्यामा भएकोले नेपाल सरकारले मनाङगे जातिलाई सिमान्तकृत समूहमा सूचीकृत गरेका छन् ।

मनाङगे जाति विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने भएकोले उनीहरु आफ्नै मातृभाषामा बोल्ने गर्दछ । आफ्नो भाषा बाहेक अरु भाषा कम बुझ्ने गर्दछ । तर व्यापार व्यवसायमा लाग्नेहरु भने बोलचालको भाषा नेपाली बोल्ने गर्दछ । यिनीहरुको भाषा गुरुङ जातिको भाषासंग मिल्दोजुल्दो छ । गुरुङ जातिमा जस्तो मनाङगे जातिमा पनि ठूलो जाते र सानो जातेको कुरा गर्ने गर्दछ । उनीहरु चार जातको ठूलो र सोह्र जाते सानो जातको भनेर एउटा जातिभित्रै जातीय विभेदको र छुवाछुतको कुरा गर्दछ । क्ले, सोल्मी र धीर चार जातभित्र पर्ने भएकोले आपूmहरुलाई मनाङगे जातिभित्रको ठूलो जातको ठान्दछ ।

मनाङगे जाति प्राय जसो घर एकतले कहिल्यै बनाउदैनन् । किन भने जाडो बढी हुने जिल्लामा बसोबास गर्ने भएकोले घरको भुई तलामा आपूmले पालेका बस्तुहरु बाँध्ने गर्दछ । दोश्रो तलामा आफू बस्ने र भान्सा अनि तेश्रो तलामा आएका पाहुनाहरुलाई राख्ने ठाउँ बनाएका हुन्छन् । त्यस्तै घरको छानामा अन्न तथा कपडाहरु सुकाउन हुने गरीको घर बनाएको हुन्छ । त्यसैले मनाङगे जातिले घर अनिवार्य तीन तले बनाउने गरेको देखिन्छ ।

उनीहरु बसोबास गर्ने क्षेत्रमा मुला, आलु, मकै, गहुँ, जौँ र फापर मात्र फल्ने भएकोले छ महिनासम्म पनि आफ्नो जग्गामा उत्पादन भएको अन्नले खान पुग्दैन । त्यसैले उनीहरुले प्रमुख पेशाको रुपमा व्यापारलाई लिएका छन् । नेपालमा मनाङगेहरुले व्यापारमा भने निक्कै अगाडि देखिन्छ । व्यापार गर्न उनीहरु चिनको स्वशासित क्षेत्र तिब्बत र एशियाको धेरै वटा देशसम्म गर्दछ । उनीहरु जडीबुट्टी, रेडियो घडीदेखि लिएर लत्ताकपडासम्मको व्यापार गर्छन ।

मनाङगे जाति बौद्ध धर्म मान्ने भएकोले उनीहरु चार्डको रुपमा ल्होसारलाई विशेष चार्डको रुपमा मनाउने गर्दछ । त्यस्तै बैशाख पूर्णेलाई पनि खेलकुदको आयोजना गरी मनाउछन् । त्यो दिन तीर हान्ने खेलको आयोजना गर्दछ । उनीहरुको जातिमा न्वारान र आर्यन समुदायमा जस्तो ब्रतबन्ध गर्ने चलन छैन । विवाह र मृत्यु संस्कार भने मनाउने गर्दछ । लामाको निर्णय अनुसार मृत लासको अन्त्येष्टि गर्ने गर्दछ । लासलाई गाड्ने, जलाउने वा टुक्रा–टुक्रा पारेर चिल र गिद्धलाई ख्वाउने भन्ने लामाको निर्णय अनुसार हुन्छ ।

मनाङगे जातिमा परम्परा भनौ वा अन्धविश्वास । खेती गरेको जमिनमा महिलाहरुले सिचाइ गर्नु हुदैन भन्ने छ । सिचाइ गर्न सख्त मनाइ नै गरिएको छ । यदि कसैले त्यसको उलंघन गरेमा गाउँ समाजले पाँच सयसम्म जरिवाना गर्दछ । राउटे जातिमा मुखिया छाने जस्तै यी जातिमा पनि गाउँमा एक जना घावा, एक जना शेर्पा र एक जना कटुवालको छनौट गरेको हुन्छ । घावा निर्णायक व्यक्ति भएकोले उनले बोलेको कुरा प्राय अरुले काटदैनन् । शेर्पा भनेको सिपाही र कटुवाल भनेको हुलाकी जस्तै हो । घावा हरेक दुई वर्षमा छनौट हुन्छ भने कटुवाल हरेक वर्ष–वर्षमा फेरिन्छ । एक पटक घावामा छनौट भएको व्यक्ति अर्को पटक सिपाइमा चुनिन्छन् । गाउँमा सभा गोष्ठी र भेलामा महिला र साठी वर्ष नाघेको व्यक्तिहरु सहभागी हुन पाउदैनन् । यदि जानाजानी सहभागी भएमा उनलाई पनि घावाले पाँच सयसम्म जरिवाना गर्ने गर्दछ । यो परम्परागत चलेको चलनलाई उनीहरुले कायमै राखेको छ । देशमा बनेको कानूनले यो मौखिक नियमलाई छोएको देखिन्न । मनाङगेहरुले आफ्नै मौखिक नियमको पालना गरेको देखिन्छ ।

सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
अर्को अंक छन्त्याल जातिबारे लेख प्रकाशन गरिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!