पूर्वब्रिटिस गोर्खा गौरुङ कान्छाले ल्याए ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्म’ जीवनयात्रा कृति

SHARE:

ललितपुर १ मार्च २०२६ । कर्णबहादुर राई (गौरुङ कान्छा)को ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्मको जीवनयात्रा’ कृति सार्वजनिक भएको छ ।

वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले २०८२ फागुन १६ गते शनिबार ललितपुरको महालक्ष्मी–१ इमाडोलमा आयोजना गरेको समारोहमा राष्ट्रियगानका रचनाकार व्याकुल माइला, वाम्रासका अध्यक्ष गजुरधन राई, सरकारका उपसचिव तथा कवि अमरदीप सुनुवार, लेखक गौरुङ कान्छा, वाम्रास संस्थाकी संस्थापक कोषाध्यक्ष दिलकुमारी राईलगायतले संयुक्त रुपमा उक्त कृति सार्वजनिक गरेका हुन् ।

२०१७ चैतमा ओखलढुंगाको दुधकोसी किनारको सोक्मटार गाउँमा जन्मिएका कर्णबहादुर राई वाम्बुले राई मातृभाषी भावाचाचो गौरूङ पाछाको हुन् । उनले पाँच कक्षासम्म औपचारिक शिक्षा हासिल गरेपछि २०३६ सालमा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भए । त्यसपछि करिब १५ वर्ष सेवा गरेर अवकाशपछि जीआरयू ब्रुनाई र त्यसपछि आवासीय सुविधा पाएपछि बेलायत बसोबास गर्दै आएका छन् ।

गौरुङ कान्छा वाम्बुले राई समाज, नेपाल (वाम्रास)का संस्थापक सदस्यमध्ये एक अगुवा सामाजिक अभियन्ताका रूपमा परिचित छन् । यस कृतिमा उनले आफ्नो बाल्यकालदेखि हालसम्मका जीवनकथालाई ९४ वटा शीर्षकमा संस्मरण प्रस्तुत गरेका छन् । जसमा कृतिको पहिलो खण्डमा ‘जन्मथलो सोक्मटार’, ‘आमाको सम्झना’, ‘बल्छी थाप्न आ–आफ्नै ख्यावा’, ‘दुधकोसीमा पानी जहाज’, ‘गोठाला गर्दाको सम्झना’, ‘भोट–मधेसको चर्चा’, ‘स्वायोङटार, हवाईजहाज र लम्बरी लुङ’, ‘टुक्राटाक्री सुन, चाँदी जाकटी’, ‘कन्टुवालको प्रसङ्ग’, ‘साहुहरूको सम्झना’, ‘याकुलेको खेताला जाँदा’, ‘ओखलढुङ्गा हाटमा सुर्ती’ जस्ता लेख रहेका छन् ।

यसैगरी दोस्रो खण्डमा ‘सैनिक जीवन’, तेस्रो खण्डमा ‘अवकाशपछिको जीवन’, चौथो खण्डमा ‘बेलायतमा संघर्षका कथा’, पाँचौंमा वंशावली र छैटौं तस्बिर समेटिएका छन् ।

इक लिब्जु–भुम्जु त्रैमासिकले प्रकाशित गरेको कृति सार्वजनिक समारोहमा शुभकर्ण राईले ‘मानवशास्त्रीय दृष्टिकोणमा सोक्मटार गाउँ’ र शुभराज राई (काजी)ले ‘समाजशास्त्रीय दृष्टिकोणमा गौरुङ कान्छाको कृति’ विषयमा बोलेका थिए । यसैगरी वाम्रास संस्थाका संस्थापक महासचिव तिखवीर राई, व्याकुल माइला, गजुरधन राई, कृतिका भाषा सम्पादक गणेश राईले लेखक गौरुङ कान्छाको सामाजिक योगदानबारे चर्चा गरेका थिए ।

यसैगरी वाम्बुले युवा क्लबका अध्यक्ष ओबिका राई, वाम्बुले राई साँस्कृतिक कलाकार समाजका अध्यक्ष बुद्ध राई, ज्ञानबहादुर राई, मनकुमार राई, साँस्कृतिक अभियन्ता भद्रगोल किरातीलगायतले विचार राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!