‘पितृ सुखी पार्न एकता’

SHARE:

युव पुन गर्बुजा
गर्बुजा खलक भाइहरुको कुलको मन्दिर वा थान बनाउने कुरा चल्दै गर्दा बेग सिममा जग्गा पाएर सम्याउने काम पनि भइसकेको अवस्था हो । खासगरी कुलको नाममा भाइहरु एकजुट भएर प्राणी बलि दिएर खुसी, रमाइलो गर्ने कुरामा मात्र सीमित नरहेर गर्बुजा भाइहरुको एउटा कोष गठन गर्ने र सबै भाइहरुको जीवनस्तर माथि उठाउने हिसाबमा पितृको नाममा संगठित बनौं भन्ने मुख्य उद्देश्य हो । हामी यो कुरामा सचेत रहनु पर्छ कि गर्बुजाजस्तै पुर्जा, तिलिजा हुँदै हरेक थरले कुलथान बनाउँदै गर्दा हाम्रो गाउँघर, समाज विभाजन भई अप्ठ्यारो स्थिति हुन नजाओस् । किनकि कुल देउता भनेको हामी सबै पुन थर भित्रका सबै थरहरुले मान्ने र पुज्ने । हामी सबैको एउटै पितृ हुन्, केन्द्रबिन्दु हुन् ।

काटमार, रगतको भोग दिएर पितृ खुसी हुन्छन् होला भन्नेमा मलाई विश्वास लाग्दैन । तर, हामी तिनै कुल देउताका ती पहिलो पितृका सन्तान, छोराछोरीहरु हौं । रगतको भोग दिएर होइन हामी भाइहरु, शाखा सन्तान एक भई हाँसीखुसी रहेमा ती कुल देउता, ती पितृ, ती बाबाआमाहरु खुसी रहनेछन् भन्नेमा विश्वास गर्दछु ।

समयको माग र आवश्यकताअनुसार विचार, विवेक र चेतना पनि खुल्दै जानेरहेछ भन्ने कुरा सबैलाई अवगत छ । हरेक वर्ष सबै गर्बुजा भाइहरु एक ठाउँमा भेला भई हुनेखाने, नहुनेलाई मद्दत गरेर एउटा वैज्ञानिक तरिकाले समयको माग र आवश्यकताअनुसार हाम्रो कुलको पूजा गरौं, कुललाई खुसी बनाऔं भन्ने उद्देश्य रहेको छ । त्यसैले देशविदेशमा रहेका भाइहरुले यो कुरालाई विचार गरी समझदारीमा आउने छ र आफ्नो स्वेइच्छाअनुसार सक्नेले अलि धेरै, नसक्नेले ल्याकतअनुसार चन्दा, सहयोग संकलन गरी हाम्रो महान् उद्देश्यलाई पूरा गर्ने हैसियत राख्नु पर्दछ । भविष्यमा दाना, दोबा, भुरुङ, चिम्खोला, कोटगाउँ, दग्नाम दर्मिजाका गर्बुजाहरु पनि सामेल हुन सके धेरै राम्रो । यो कुरा समयले बताउँदै जाला ।

अन्तमा म के भन्न चाहन्छु भने, बेगखोलावासी सबै मिली एउटै कुलथान बनाएर पूजा गरी कुललाई खुसी बनाउनेतिर अगाडि बढ्न सकिए सबैभन्दा राम्रो हुनेछ । यदि शुद्ध पूजा हुने हो भने गर्बुजा कोषमा मैले हरेक वर्ष रु ५०, ००० (अक्षरुपी पचास हजार) जम्मा गर्ने मेरो मनसाय रहेको छ ।
(गर्बुजा बेगखोला समाज युकेका अध्यक्ष हुन्)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!