लमजुङ ६ मार्च २०२६ । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ ७७९ मतका साथ अग्रता लिएका छन् ।
यस्तै नेकपा (एमाले) का पृथ्वी सुब्बा गुरुङले ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ७३८, नेकपाका उम्मेदवार हरिजङ्ग तामाङले ७४ र श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले १३ मत प्राप्त गरेका छन् । दूधपोखरी गाउँपालिका–४ मा रहेको दुई मतदान केन्द्रमा खसेको ४९५ मत गणना सम्पन्न भएको हो ।
जिल्लामा एक लाख ३७ हजार १२४ मतदातामध्ये ७५ हजार ८५ मत खसेको थियो । यहाँ एक सय ३० मतदानस्थल तथा १९२ मतदान केन्द्र रहेका थिए । यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङ विजयी भएका थिए ।






