हङकङ निवासी राधिका गुरूङ (टिका)ले गरिन् एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा

SHARE:

हङकङ ६ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न १२औँ एकता महाधिवेशनका लागि हङकङकी सामाजिक अभियन्ता राधिका गुरूङ (टिका)ले महिला उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

सामाजिक सञ्जालमार्फत गुरुङले महिला उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । गुरूङले समुदायको एकता, महिला नेतृत्व सशक्तीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा कार्य गर्दै आएकी छन्। उनले आफ्नो अनुभव र नेतृत्व क्षमताको माध्यमबाट अन्तर्राष्ट्रिय तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको बताइन्।

एनआरएनएको विभिन्न तहमा लामो कार्यानुभवसहित गुरूङले हङकङ र नेपाल दुबै स्थानमा सामाजिक, शैक्षिक र मानवीय अभियन्ता रूपमा योगदान पुर्‍याउँदै आएकी छन्।

एनआरएनएमा राधिका गुरूङ (टिका)को कार्ययात्रा
• २००६–२००९ : पञ्जीकृत सदस्य
• २००९–२०११ : एनसीसी हङकङ कार्यसमिति सदस्य
• २०११–२०१३ : एनसीसी हङकङ कोषाध्यक्ष तथा महिला संयोजक
• २०१३–२०१५ : एनसीसी हङकङ उपाध्यक्ष
• २०१५–२०१७ : एनसीसी हङकङ अध्यक्ष पदकी प्रत्यासी
• २०१७–२०१९ : एनसीसी हङकङ अध्यक्ष
• २०१९–२०२१ : पुनः अध्यक्ष, एनसीसी हङकङ
• २०२१–२०२३ : एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) महिला सचिव; संयोजक—नेपाली सामग्री प्रवर्द्धन समिति तथा सडक बालबालिका सहयोगार्थ परियोजना समिति
• २०२३–२०२५ : पुनः महिला सचिव, ICC;
•संयोजक नेपाली सामग्री प्रवर्द्धन समिति तथा संयोजक-सडक बालबालिका सहयोगार्थ परियोजना समिति

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!