मनाङ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन् ।
मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी भएका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरेको पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाएका छन् ।






