नुवाकोट-१ मा रास्वपाका तिमिल्सिनाको अग्रता, महतभन्दा तामाङ अगाडि

SHARE:

नुवाकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा विक्रम तिमिल्सिनाले अग्रता लिनुभएको छ ।

सहायक निर्वाचन अधिकृत प्रमोद रिजालका अनुसार पछिल्लो गणनामा रास्वपाका तिमिल्सिनाले १७९१ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहनुभएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हितबहादुर तामाङले १२७४ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार डा प्रकाशशरण महतको ११९७ मत रहेको छ ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बद्री मैनालीले ८५१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा आज मध्याह्न १२ बजेदेखि ककनी गाउँपालिकाबाट मत गणना थालिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!