म्याग्दीमा पूर्वशिक्षामन्त्री महावीर पुनको अग्रता कायमै

SHARE:

काठमाडौं ६ मार्च २०२६ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षामन्त्री महावीर पुन निकटतम प्रतिस्पर्धीभन्दा ५ हजार ६ सय ६५ मतले अगाडि छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार हालसम्म पुनले ९ हजार १ सय २१ मत पाएका छन् ।

एमालेका हरिकृष्ण श्रेष्ठ ३ हजार ४ सय ५६ मतका साथ उनलाई पछ्याइरहेका छन् । प्रतिस्पर्धाको तेस्रो स्थानमा भने नेकपाका अर्जुनबहादुर थापा छन् । उनले अहिलेसम्म २ हजार १ सय ९२ मत ल्याएका छन् ।

कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले भने २ हजार १ सय ३९ मत मात्र प्राप्त गरेका छन् । पूर्वमन्त्री पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गरेको छ । पुन जेन-जी आन्दोलनपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए । मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ताकै दिन ६ माघमा म्याग्दी पुगेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!