सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका-१० इनरुवामा शुक्रबार साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी घाइते भएका छन् ।
बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रुहरु सवार को १ ख २७९९ नम्बरको बस पल्टिएको हो । दुर्घटनामा बेचनीदेवी यादव, भुटनीदेवी यादव, सिक्किलदेवी साह, दिनेश रजक र उनकी श्रीमतीको मृत्यु भएको छ । घाइते भएका मध्ये
११ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको छ भने बाँकीको सगरमाथा अस्पतालमा उपचार भइरहेको छ ।
अधिकांशको अवस्था गम्भिर रहेको डीएसपी भावेश रिमालले जानकारी दिए ।






