एनआरएनएको प्रवक्तामा बेलायत निवासी सोम सापकोटा चयन

SHARE:

लन्डन । बेलायत निवासी सोम सापकोटा गैरआवासीय नेपाली संघ(एनआरएनए)को प्रवक्तामा चुनिएका छन् ।

काठमाडौंमा मार्च १४ देखि १६ सम्म भएको एनआरएनएको १२ औं महाधिवेशनले सापकोटालाई प्रवक्ता चयन गरेको हो । उनी ११ औं महाधिवेशनमा उपमहासचिव निर्वाचित भएका थिए ।

सन् १९९६ देखि रोजगारिको सिलसिलामा विभिन्न देश गएका सापकोटा २०१७ देखि बेलायतमा व्यवसाय गर्दै आएका छन् । अहिले भने नेपालमै उत्पादन भएका र बनेका सामाग्रीहरु विश्वका विभिन्न देशमा लैजान्छन् ।

उनले हस्पिटालिटी क्षेत्रमा एकल तथा सामूहिक लगानी गरेका छन् । उनले चितवनको मेघौलीमा रिसोर्ट बनाइरहेका छन् ।

सापकोटा एनआरएनए समुदायमा विनम्र, सकारात्मक सोच भएका तथा मिडिया–मैत्री व्यक्तित्वका रूपमा चिनिन्छन्। विभिन्न समूहबीच समन्वय गर्दै सहमति निर्माण गर्न सक्ने क्षमताका कारण उनी संगठनभित्र “थिंक ट्यांक” का रूपमा समेत परिचित छन्।

एनआरएनएभित्र देखिएका आन्तरिक विवाद समाधानका लागि गठन गरिएको संवाद समितिमा रहेर उनले संगठनलाई एकताबद्ध बनाउन सक्रिय भूमिका खेलेका थिए। साथै, एनआरएनएको विधान र संस्थागत संरचनाबारे गहिरो ज्ञान राख्ने व्यक्तिका रूपमा पनि उनी परिचित छन्।

एनआरएनएसँगै उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने कार्यमा पनि योगदान दिँदै आएका छन्। उनले डेनमार्क र माल्टाका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि, वेल्सका लागि पर्यटन सद्भावना दूत तथा हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा नियुक्त पर्यटन प्रवर्द्धकका रूपमा कार्य गरिरहेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!