काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन गरे/नगरेको विषयमा १० दिनभित्र राय दिन सार्वजनिक खरीद तथा अनुगमन कार्यालयलाई निर्देशन दिएको छ ।

समितिको ब बैठकमा उक्त कार्यालयका सचिव मधुप्रसाद रेग्मीबाट विमान खरिद प्रक्रियाका सम्बन्धमा आवश्यक जानकारी लिएपछि समितिले १० दिनभित्र लिखित राय पेस गर्न निर्देशन दिएको हो। एक हजार घण्टा उडान भरेको उक्त विमान खरिद गर्दा सार्वजनिक खरिद प्रक्रिया उल्लङ्घन भए/नभएकोसहित समितिमा उठेका प्रश्नको सम्बोधन हुने गरी प्रतिवेदन दिन समितिले निर्देशन दिएको छ।
विमान खरिदमा अनियमितता भएको हुन सक्ने आशङ्का भएपछि संसदीय समितिले आआफ्नो कार्यक्षेत्रभित्र रहेर सरोकारवालासँग आवश्यक जानकारी लिँदै आएका छन् ।






