भारतीय चलचित्र निर्देशक सिप्पी र अभिनेता हमालबीच संवाद हुने

SHARE:

काठमाडौँ । भारतीय चलचित्र निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम हुने भएको छ ।

यही चैत १९ देखि २३ गतेसम्म काठमाडौँमा हुने ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ मा निर्देशक सिप्पी र अभिनेता हमालले ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ अन्तर्गत संवाद गर्नुहुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए । नेपाली र भारतीय चलचित्रको यात्रा, व्यक्तिगत अनुभव, चलचित्रको विगत, वर्तमान र भविष्यका विषयमा निर्देशक सिप्पी र अभिनेता हमालले गर्नु हुने उनको भनाइ छ ।

अध्यक्ष पाठकले महोत्सवमा अन्य देशका चलचित्रकर्मीको पनि सहभागिता रहने बताए । निर्देशक सिप्पी प्रख्यात भारतीय चलचित्र ‘शोले’ का निर्देशक हुन् । यस्तै, अभिनेता हमाल नेपाली चलचित्र क्षेत्रका ज्ञातासँगै तीन दशकभन्दा बढी काम गरिसकेका छन् ।

आयोजकका अनुसार निफमा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!