फेसबुकबाट जोडिएको ‘चित्रकला कार्यशाला’ मोफसलमा पनि

SHARE:

नारायण ढुंगाना
काठमाडौँ । काठमाडौँका चित्रकार दिवेश प्रधान, राकेशचन्द्र श्रेष्ठ र दीपेन्द्रमान बनेपालीबीच नयाँ नयाँ ठाउँमा पुगेर चित्र बनाउने विषयमा छलफल भयो । एकै ठाउँमा बसेर चित्र बनाउनुभन्दा विभिन्न क्षेत्रमा पुगेर चित्र बनाउँदा चित्रमा निखारता अउनेमा उहाँहरुको मत मिल्यो । परिणामस्वरुप चित्रकारहरु एउटा फेसबुक समूहमा जोडिए । त्यही समूहले व्यवस्थित र नियमित कार्यशालाको जरुरी ठानेर १२ हप्ताअघि काठमाडौँको हनुमानढोकाबाट स्वतःफूर्त अभियानका रुपमा ‘शनिबासरीय स्थलगत चित्रकला कार्यशाला’ थालनी गरेको हो । यसअघि हनुमानढोका, ललितपुरको दरबार स्क्वायर, भक्तपुर, ठिमी, चाँगुनारायण, टेकु, खोकना, गुहेश्वरी, चोभारलगायत क्षेत्रमा पुगेर काठमाडौँका कलाकारले कार्यशाला सम्पन्न गरिसकेका छन् । आगामी शनिबार चापागाउँ, साँखु र बुङ्मतीका लागि फेसबुक समूहमार्फत मतदान खुला गरिएको छ ।

उक्त कार्यशालाबाट प्रोत्साहित विभिन्न जिल्लाका कलाकारले समेत त्यस्तै अभियान सञ्चालनको योजना अघि बढाएका छन् । रुपन्देहीका कलाकारले त चित्रकला कार्यशाला नै थालिसकेको चित्रकार सुमित्रा राना बताउँछन् ।

मोरङका कलाकार सरोजा खड्गीलाई पनि काठमाडौँमा भएको स्थलगत चित्रकला कार्यशालाले मन लोभ्यायो । त्यही नाममा स्थानीयवासी कलाकार मिलेर नियमित चित्रकला कार्यशालामा शुरु गरिएको छ । प्रत्यक्ष रुपमा नयाँ ठाउँ देख्न पाइने र अनुभव सँगालिने भएकाले यो अभियान निक्कै राम्रो लागेको खड्गी बताउँछन् ।

काठमाडौंमा अभियान चलाउने चित्रकारले यो अभियानलाई स्वतःस्फूर्त अभियानका रुपमा अगाडि बढाएका छन् । जो कलाकार पनि सहभागी हुन पाउने छुट कार्यशालामा छ । एउटा फेसबुक समूहमार्फत मतदानका आधारमा ठाउँ चयन गरेर कलाकार हरेक शनिबार चित्र कोर्न पुग्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!