नेपालका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई थुनामा राख्न पाँच दिन म्याद थप

SHARE:

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले पाँच दिन समय दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार एमाले अध्यक्षसमेत रहेका ओली र कांग्रेस नेता लेखकलाई ५ दिन म्याद थपको अनुमति दिएको हो । अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठका अनुसार उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो ।

गत २३ र २४ भदौमा जेन-जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । उनीहरु शनिबार बिहान पक्राउ परेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!