राजदूत शेर्पामाथिको आरोप निराधार, चोरी र ठगीको घटना ढाकछोप गर्न प्रपञ्च

SHARE:

अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको ‘मानव तस्करी’को आरोप निराधार रहेको पाइएको छ । दूतावासबाट चोरीको आरोपमा कारवाहीका लागि सिफारिस गरिएका ओङ्छु शेर्पाले राजदूत शेर्पामाथि लगाएको आरोप तथ्यहीन रहेको स्पष्ट भएको हो ।

अष्ट्रेलियास्थित नेपाली राजदूतावासले एक विज्ञप्ति निकाल्दै राजदूतमाथि लागेको आरोपका खण्डन गर्दै घटनाबारे स्पष्ट पारेको छ ।

नेपाली राजदूतावास क्याबेराबाट फरार रहेका ओङ्छुले नेपालको एक टेलिभजिन कार्यक्रममा राजदूत र उनको परिवारलाई ‘मानव तस्करी’ जस्ता गम्भीर आरोप लगाएपछि दूतावासले सो घटनाबारे स्पष्ट पारेको हो ।

गत २०१७ नोभेम्बर २१ का दिन राजदूत निवासमा कोही नभएको मौका पारी बहुमूल्य सामान चोरेर ओङ्छु फरार भएको विज्ञप्तिमा उल्लेख छ । चोरी गरी फरार रहेका ओङ्छुलाई कारवाही गर्न नेपालस्थित परराष्ट्र मन्त्रालय, अष्टे«ेलियाको परराष्ट मन्त्रालयलगायत सम्वन्धित निकायलाई दूतावासले अवगत गराएको थियो ।

फरार रहेका ओङ्छुले नेपाल र सिंगापुर लगायत विभिन्न देशमा ठगी गरेको भन्दै पीडितहरुले नेपाल र दूतावासमा उजुरी गरेका थिए । ओङ्छुको खोजी गरी कानुनी कारवाहीका लागि २०७४ पुस ५ गते कारवाहीका लागि दूतावासले सिफारिस गरेको थियो । सो मुद्दा हाल पनि अदालतमा विचाराधिन अवस्थामा छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘ओङ्छु शेर्पाले अष्ट्रेलियामा लुकिछिपी बसेर सम्मानित अदालतलाई प्रभावित पार्न र व्यक्तिगत छवि धमिल्याउने उद्देश्यले अत्यन्त भ्रामक, मनगढन्ते, कपोकल्पित रुपमा लगाइएको आरोप मिथ्या, तथ्यहीन र आधारहीन छ । तसर्थ, उक्त टेलिभिजन कार्यक्रममा निजले लगाएको झुठा आरोपको सम्वन्धमा विश्वास नगर्न, कुनै पनि भ्रममा नपर्न र सत्यतथ्य अविलम्ब आउने हुनाले त्यतिन्जेलसम्म धैर्य राख्न हुन समेत यसै विज्ञप्ति मार्फत सबैमा हार्दिक अनुरोध गरिन्छ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!