प्रधानमन्त्रीले भने, ‘गोर्खा सैनिकको माग सम्बोधन गर्न ठोस पहल र वार्ता गर्छौं’

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताएका छन् ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायतका आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले गोर्खाको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले पहल गर्ने बताए । गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि सरकारले ब्रिटिस सरकारसँग छलफल जारी राखेको प्रधानमन्त्री ओलीले बताएका उनको सचिवालयले जनाएको छ ।

“पूर्व गोर्खाका न्यायोचित मागलाई सम्बोधन गर्न ब्रिटिस सरकार तयार हुँदै गएको पाएको छु । यसअघि ब्रिटिस रक्षामन्त्रीले पनि गोर्खाको माग सम्बोधनका लागि ब्रिटिस सरकार तयार रहेको बताएको छ”, प्रधानमन्त्री ओलीले भने, “हाम्रा जायज कुरालाई हामीले दोहोर्‍याएर, तेहेर्‍याएर भन्नुपर्छ, म विश्वस्त छु, वार्ताको माध्यमबाट गोर्खाको माग उपयुक्त ढंगले सम्बोधन गर्न सकिन्छ ।”

उनले गोर्खाको कारण ब्रिटिसले विभिन्न युद्धहरु जितेको बताउनुभयो । तर, युद्धमा बाहेक अन्य समयमा गोर्खाहरुलाई गरिएको विभेद र असमानता गरिनु दुःखद भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित : २०७५ वैशाख ८

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!