गृह र कानुनमन्त्रीलाई लोकतान्त्रिकको ज्ञापनपत्र

SHARE:

काठमाडौँ । नेपाल लोकतान्त्रिक पार्टीले कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई तत्काल जेलमुक्त गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री भानुभक्त ढकाललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै लोकतान्त्रिक पार्टीले चौधरीलाई जेलमुक्त गरी यथाशीघ्र शपथग्रहण गराइ पदवहाल गराउन माग गरेको हो ।

चौधरी २०७२ भदौ ७ मा कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाका मुख्य आरोपी हुन् । उनी भूमिगत रुपमै चुनाव लडेर कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए । लामो समय भूमिगत रहेका उनले १४ फागुनमा अदालतसमक्ष आत्मसर्मपण गरेका थिए ।

उक्त पार्टीले टीकापुर घटनाको आरोपित बन्दीहरुलाई बिनासर्त यथाशीघ्र रिहाइ गर्नुका साथै विभिन्न चरणमा थरुहट, मधेस, आदिवासी आन्दोलन आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दाहरु खारेज गर्न सरकारसँग माग गरेको छ । ११ बुँदे ज्ञापन पत्रमा बलात्कारपछि हत्या गर्ने मानवताविरोधी कार्य रोक्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तसहित विभिन्न ठाउँका घटनाका दोषी पत्ता लगाइ हदैसम्मको कारबाही गर्नुपर्ने, भूकम्पीडितको समस्या हल गराउन कानुन प्रक्रिया सहज गराउनुपर्ने, युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न, गौहत्याको झुट्टो आरोपमा जेल सजाय भोगिरहेका नागरिकलाई तुरुन्त रिहा गर्नुपर्ने माग समेटिएका छन् ।

ज्ञापन पत्र बुझेपछि गृहमन्त्री र कानुनमन्त्रीले आफ्ना मन्त्रालय मातहतका विषयलाई सम्बोधन गर्न गम्भीर रहेको बताएका लोकतान्त्रिक पार्टी महासचिव देवबहादुर दुराले जानकारी दिए । मन्त्रीद्वय थापा र ढकाललाई भेट्न लोकतान्त्रिकका अध्यक्ष भानुराम थारु, वरिष्ठ नेता शिवलाल थापालगायतका नेता गएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!