दस अर्ब १५ करोड लगानी गर्दै राष्ट्र बैंक

SHARE:


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो ।

बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाइ आवेदन दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले यही मङ्सिर २३ गते अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन बिहीबार एक सूचनामार्फत आग्रह गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ अर्ब १२ करोड ६९ लाख, ‘ख’ वर्गका राष्ट्रिय बैंकलाई रु एक अर्ब ५२ करोड ३८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्तमा रु ५० करोड लगानी गर्ने जनाएको छ ।

बैंकले त्यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशत वा सोभन्दा बढी नरहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा क्षेत्रभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा बैंक मुनाफामा रहेको हुनुपर्नेछ ।

यस्तै घर जग्गा कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गर्ने संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई कुनै पनि कारवाही नगरेको तथा कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महीना पूरा भएको हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएको भए कारवाही फुकुवा भएको छ महीना पूरा भएको र सर्वसाधारणका लागि छुट्याइएको शेयर बिक्री गरेको हुनुपर्ने शर्त बैंकले राखेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!