धादिङमा तमुधिं युकेद्वारा निर्मित विद्यालय भवन उद्घाटन

SHARE:

हुम तमु
पोखरा । धादिङको दुर्गम क्षेत्र रुबी भ्याली गाउँपालिका ६ खादिङमा तमुधिं युकेद्वारा निर्मित विद्यालय भवनको गत बुधबार उद्घाटन गरिएको छ ।

२०७२ सालको वैशाख १२ र २९ गतेको महाभूकम्पबाट क्षतिग्रस्त भई खुल्ला मैदानमा पठनपाठन गर्न बाध्य खादिङस्थित हिमालय सरस्वती आधारभूत विद्यालयमा तमुधिं युकेले पाहार ट्रष्ट नेपालको प्राविधिक र स्थानीयको जनश्रमदानको सहयोगमा निर्मित ५ कोठे भवनको उद्घाटन गरिएको हो ।

६० लाख ३५ हजार ५११ रुपैयाँमा निर्मित भवन उद्घाटन प्रमुख अतिथि तमुधिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङ र विशेष अतिथि पाहार ट्र«ष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङ शिलालेख अनावरण गरी गरेका थिए । भवन उद्घाटनमा तमुधिं युकेका निवर्तमान अध्यक्ष तथा भवन निर्माण संयोजक रामचन्द्र(सुर्जे)गुरुङ, तमुधिं युकेका नवर्निर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, उपाध्यक्ष हरि गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, कोषाध्यक्ष दीपक गुरुङ, कार्यकारिणी सदस्य श्रीप्रसाद गुरुङ, सदस्य भिम गुरुङ लगायतले साथ दिएका थिए । भवनको २०७५ वैशाख १२ गते ज्ञामबहादुर गुरुङ लगायतले शिलान्यास गरेका थिए ।

भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि तमुधिं युकेले युकेमा च्यारिटी गरी संकलित ५० लाख रुपैयाँ उठाएको थियो । तमुधिं युकेले भूकम्पबाट दुर्गम क्षेत्रमा अति नै प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण गरी सेवा पुर्याउने पहल गरिरहेको र पाहार ट्रष्ट नेपालले विगत २५ वर्षदेखि दुर्गम वा ग्रामीण भेकमा शिक्षा र स्वास्थ क्षेत्रमा सेवा गर्दै आइरहेकाले दुइ संस्थाले सहकार्य गरी स्थानीयको समेत सहभागीतामा विद्यालय भवन निर्माण सम्पन्न गरेको हो । अध्यक्ष गुरुङले खादिङमा विद्यालय निर्माण गरी सेवा पुर्याउन पाउँदा अत्यन्तै खुसी भएको बताए । विद्यालयमा अझै आवाश्यक थप ४ कोठाका लागि रोटरी क्लब अफ युकेसँग सहयोगको पहल गरेको उनले जानकारी दिए । आफ्नो गाउँको विकासका लागि आफैं लाग्नुपर्दछ, भन्दै विद्यालयलाई आवश्यक जग्गा सहयोगका लागि स्थानीयलाई आग्रह उनको थियो । युकेमा बसोवास गरे पनि भिम गुरुङले आफ्नो गाउँको विद्यालयको पीडा जानकारीपश्चात खादिङमा विद्यालय निर्माणका लागि तमुधिं जुटेको अध्यक्ष गुरुङको भनाइ थियो ।

विशेष अतिथि पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले मन्तव्य व्यक्त गर्दैखादिङमा भुकम्पबाट क्षतिग्रस्त भई पठन पाठनमा समस्यालाई समाधान गर्न दाता संस्था तमुधिं युकेसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त रे । विद्यालय भवन ६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षाको समय र ढुवानीको समस्याले ८ महिनामा उद्घाटन गर्न पाउँदा पनि आफुहरु हर्षित भएको उनले बताए । उनले विद्यालय निर्माणको आम्दानी खर्च विवरण प्रस्तुत गरेका थिए । तमुधिं युकेका निवर्तमान अध्यक्ष तथा विद्यालय भवन निर्माण संयोजक रामचन्द्र(सुर्जे) गुरुङले शुभकामना व्यक्त गर्दै अति आवाश्यक गाउँमा विद्यालय भवन निर्माण गर्न पाउँदा खुसी व्यक्त गरे । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत भुकम्पपीडितहरुको पीडामा तमुधिं युकेको तर्फबाट थोरै भए पनि मलमपट्टी लगाउने प्रयत्न गरेको उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!