नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेश

SHARE:

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आठ वटा उपखण्डमा आधारित रहेर तयार गरिएको प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, सङ्गठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महीना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलको भूमिका, केन्द्रीय सचिवालयको निर्णयको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिवेदनमा राष्ट्रिय राजनीतिका बारेमा व्याख्या गरिएको छ । त्यस्तै राजनीतिक दलको भूमिकाका बारेमासमेत अध्यक्षले पेश गर्नुभएको प्रतिवेदनमा चर्चा गरिएको उनले बताए । प्रवक्ता श्रेष्ठले केन्द्रीय सचिवालयले यसअघि गरेको निर्णयको अनुमोदनका लागि प्रस्ताव गरिएको जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले देशको राजनीतिक परिस्थिति र स्थायी कमिटी बैठकको औचित्यका बारेमा धारणा राखेका थिए । त्यस्तै अर्का अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि प्रकाश पारेका थिए ।

नेता गौतमको पूरक प्रतिवेदन

बैठकमा सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनको पूरकका रुपमा छुट्टै प्रतिवेदन पेश गरेका छन् । अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउन सहयोग पु¥याउने उद्देश्यले गौतमले बैठकमा थप प्रस्ताव पेश गर्नुभभएको प्रवक्ता श्रेष्ठले बताए ।

अध्यक्ष र नेता गौतमले पेश गर्नुभएको प्रतिवेदनमाथि थप छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!