- दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । जुम्ला कन्कासुन्दरी गाउँपालिका–५ का २० वर्षीय वीरेन्द्र कण्डराको शनिबार बिहान उपचारको क्रममा नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको दाङ निवासी बेलबहादुर पाण्डेले जानकारी दिए । दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ ।

सनाखत भएका शव आफन्तलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।
मृतकहरु
गाडी चालक घोराही उपमहानगरपालिका ३ का मदन केसी
सहचालक तुलसीपुर उपमहानगरपालिका १८ हेमन्पुरका गणेश बिक
कृष्णसेन ईच्छुक पोलिटेक्निक ईन्स्टिच्युटका शिक्षकहरु घोराही १७ का प्रदीप घिमिरे
भूमे गाउँपालिका ६ पूर्वी रुकुमका नरेश ओली
जुम्लाको चन्दननाथ नगरपालिका ३ का अर्जुन शाही
चन्दननाथ १० का बिपना खत्री
चन्दननाथ १० का रुपेश शाही
चन्दननाथ १४ का रितेन्द्र शाही
चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय
चन्दननाथ ३ का हिक्मत बोहोरा
चन्दननाथ ६ की कुसुम रावल
हिमा गाउँपालिका ५ की सैलजा शाही
तिला गाउँपालिका १ का जंगबहादुर बिक
तिला ३ का रमेश उपाध्याय
कन्कासुन्दरी गाउँपालिका ५ का वीरेन्द्र कन्डरा
दाङको दंशिशरण गाउँपालिका १ का सञ्जित रत्गैया
घोराही १४ का विजय जिएम
बबई गाउँपालिका ५ की कविता खत्री
जाजरकोटको खलंगा नगरपालिका ४ का आतिश नेपाली
डोल्पाको गजदुल्ला गाउँपालिका ६ का गजेन्द्र एैडी
कञ्चनपुरको कृष्णनगर नगरपालिका ५ का खेमराज भट्ट
बझाङको जयपृथ्वी नगरपालिकाका महेश जोशी
बाजुराको बुढीगंगा गाउँपालिका १० का लोकेन्द्र रावल






