बोधि श्रवण धर्म संघले भन्यो,‘बम्जन निर्दोष हुनुहुन्छ, उहाँमाथि लगाईएका आरोपहरु कपोकल्पित हुन्’

SHARE:

काठमाडौं । बोधि श्रवण धर्म संघले आफ्ना गुरु राम बहादुर बम्जनमाथि लगाईएका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित रहेको स्पष्ट पारेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर हालै आनी बनेर आश्रममा बसेका केही मानिसहरु बेपत्ता पारिएको भन्दै आफ्नो गुरु बमजनमाथि कपोकल्पित आरोप लगाएको जिकिर गरेको हो ।

संस्थाका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले राम बहादुर बम्जन महासम्बोधि धर्म संघ गुरु भएको दाबी गरेका छन् । उनले भने,‘२०७१ सालसम्म कुनैपनि चेला र चेली राख्ने, आनी बनाउने प्रचलन थिएन, आनी बन्ने प्रक्रिया २०७१ सालपछि सूरु भएको हो, त्यसको सम्पूर्ण रेकर्ड हामीसँग छ, सम्बन्धित व्यक्तिको परिवार र अभिभावकको स्वीकृति बिना कोही पनि आनी राखेका छैनौं, राख्नपनि हाम्रो धर्मले मिल्दैन, जे/जति छन् त्यसको बारेमा जिम्मेवारी र संस्थाले खेल्नुपर्ने भूमिका खेल्छ, गुरु कुनै एक स्थानबाट अर्को स्थानमा जानु अगाडि नेपाल सरकारको गृहमन्त्रालय र स्थानीय प्रशासनसँग पत्राचार गरेरमात्रै भ्रमणमा निस्किनुहुन्छ, गुरुको सम्पुर्ण जानकारी नेपाल सरकारसँग छ ।’

६ वर्ष लामो तपस्यापछि महासम्बोधि गुरुको रुपमा बम्जन प्रकट भएको उल्लेख गर्दै उनले भने,‘अहिले उहाँमाथि कपोकल्पित र झुठा आरोप लगाएर बद्नाम गर्ने काम भएको छ, यो कुरा जायज छैन्, उहाँ आत्मा र परमात्माबीचको सेतुको रुपमा चोला फेर्नुभएको हो, धमिरा लागेको शरिरमा अग्नि बलेर सेता कपडामा परिणत हुनुभएको हो, हामीलाई विश्वास छ, उहाँमाथिको आरोप पूरा भ्रम हो, सुनियोजित रुपमा प्रहार गरिएको हो।’
त्यस्तै बोधि श्रवण धर्म संघका केन्द्रीय सदस्य एवम् पूर्व माओवादीका नेता भूमिनन्द देवकोटाले बम्जनका बिरुद्धमा षड्यन्त्रपूर्वक प्रहार गरिएको जिकिर गरे ।

उनले भने,‘म उहाँको भक्तपनि होईन, न त म उहाँको चेला नै हो । तर, उहाँको बारेमा विधावारिधि गर्नको लागि म उहाँसँग नजिएको व्यक्ति हुँ, मैले जुन विश्वास गरेको छु, त्यसको आधारमा भन्नुपर्दा उहाँमाथि देशी÷विदेशीहरु लागेर मौलिक धर्ममाथि प्रहार हुँदैछ, उहाँ यस धर्तीमा महान मानिसको रुपमा जन्मिनुभएको छ, संसारका महान व्यक्तिहरुमाथि यस्ता आरोप लाग्ने गरेको ईतिहास छ, जिससलाई किला गाढेर मारियो, महात्मा गान्धिलाई गोली हानेर हत्या गरियो, यस्ता धेरै दुष्टान्तहरु छन्, महान व्यक्तिहरुको जीवनमा यस्ता घट्नाले आक्रमण गर्ने काम हुन्छ । तर, आरोपहरु लागिसकेपछि सत्य कुरा बाहिर आउनुपर्छ।’

उनले अघि थपे,‘आफुहरुलाई पीडित भन्नेहरुलाई आश्रममा प्रेवश निषेध छैन्, आनि बन्नेहरुको बारेमा सबै रेकर्ड हुन्छ, सबै जानकारी रहन्छ, यो धर्मले शुन्यतावादको मान्यता मान्दछ, मानिसहरुकोबीचमा रङ्ग विभेदको अन्त्य चाहन्छ, गुरु स्वयमले विवाह गर्नु भएको छ, अरुलाई पनि विवाह गर्नुहोस् भनेर भन्नुहुन्छ, उहाँ बुद्ध धर्म मान्ने मानिस पनि होईन, ३४ मिनेटसम्म शरिरमा आगो लाग्यो त्यसपछि महान ज्ञानको भण्डारको रुपमा देखा पर्नुभएको हो, यो छलेर वा ढाटेर हुने कुरा होईन, सरकारले सत्य÷तथ्य छानविन गरोस् हामीपनि यहि चाहन्छौं ।’

कार्यक्रममा संस्थाका सह–सचिव मैत्रीय केवल, पूर्व अध्यक्ष कमानसिंह लामा, केन्द्रीय सदस्य ढुण्डिराज बम्जन, जस बहादुर वाईवालगायतले बम्जनमाथि लागेका आरोपहरुको खण्डन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!