अन्तर्राष्ट्रिय तामाङ परिषद्को मिरिक घोषणा पत्र–२०१८ सार्वजनिक

SHARE:

काठमाडौँ । अन्तर्राष्ट्रिय तामाङ परिषद्ले चौथो अन्तर्राष्ट्रिय सम्मेलनबाट जारी मिरिक घोषणापत्र- २०१८ सार्वजनिक गरेको छ । परिषद्ले नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटी, बौद्धमा शनिबार पत्रकार सम्मेलन गर्दै पुस १ गते भारतको पश्चिम बंगालस्थित दार्जिलिङ, मिरिकमा भएको सम्मेलनबाट जारी ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रअनुसार स‌ंसारभर छरिएर रहेका तामाङहरुको भाषा, धर्म, संस्कृति र परम्परालाई एकरुपता दिने, तामाङको सांस्कृतिक धरोहरका रुपमा रहेका ताम्बा, लामा र बोन्बोको मौलिक ज्ञान बचाउने साझा स‌ंकल्प गरिएको छ । त्यस्तै, परिषद्लाई तामाङ समुदायको एकताको आधार मान्दै यसलाई गतिशील बनाउने र बहुपदीयमा लैजाने प्रतिबद्धता समेत गरिएको छ ।

मिरिक घोषणा पत्र–२०१८

सन् २००२ मा स्थापित अन्तर्राष्ट्रिय तामाङ परिषद्को यस अघि सम्पन्न तीनवटा सम्मेलनहरुबाट विभिन्न मितिमा जारी घोषणा–पत्र तथा चौथो सम्मेलनबाट पारित विशेष प्रस्ताव र प्रस्तुत प्रतिवेदनको मूलभावनालाई आत्मसात् गर्दै,

आदिम थलो नेपालको ताम्सालिङ क्षेत्रबाट विभिन्न कारणले संसारभरि फैलिएका तामाङ जातिको पुख्र्यौली भूमिमा विकसित विशिष्ट साँस्कृतिक पहिचान (भाषा, धर्म, संस्कृति, परम्परा) लाई एकरुपता दिने सामूहिक प्रतिवद्धता जनाउँदै,
विश्वब्यापी रुपमा बढ्दै गईरहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय साँस्कृतिक अतिक्रमण तथा विश्व भूमण्डलीकरणबाट तामाङ साँस्कृतिक धरोहर (ताम्बा, लामा र बोन्बो) हरुको मौलिक ज्ञान, परम्परालाई बचाउने साझा संकल्प गर्दै,
तामाङ समुदायको एकताको आधार अन्तर्राष्ट्रिय तामाङ परिषद् ९क्ष्त्ऋ० लाई सबैको एकमात्र साझा समन्वयकारी संस्थाको रुपमा विकास गर्न यसलाई समयानुकूल चलायमान, गतिशिल तथा बहुपदीय प्रणालीमा लाने सामूहिक अठोट गर्दै,
इतिहासको विभिन्न कालखण्डमा समुदायको अस्तित्व रक्षाका खातिर तामाङ अग्रजहरुले निस्वार्थ रुपमा बगाएको रगत, पसिना र ऐतिहासिक योगदानको उच्च कदर गरी अग्रजले देखाएको बाटोमा निरन्तर हिंड्ने प्रण गर्दै,
हामी विश्वभर फैलिएर रहेका तामाङ आदिवासी जनजातिहरु अखिल भारतीय तामाङ बौद्ध संघको आतिथ्यतामा भारतको मिरिकमा सम्पन्न ऐतिहासिक चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनबाट निम्न सामूहिक प्रतिवद्धताका साथ मिरिक घोषणा पत्र–२०१८ जारी गर्दछौ :–

१. तामाङहरुको साझा सभ्यताको विकास भएको आदिम थलो नेपालको ताम्सालिङ भूमिलाई ताम्सालिङ प्रदेश निर्माण र तामाङ भाषा, लिपिलाई सरकारी कामकाजी भाषाको मान्यता दिलाउन राजनीतिक, सामाजिक आन्दोलनको केन्द्र बिन्दू संघीय नेपालको तीन नम्बर प्रदेशलाई बनाइनेछ । साथै तामाङ भाषा, लिपि, सोनाम ल्होछार पर्व तथा तामाङ संस्कृतिलाई स्थापित गर्न तामाङ बसोबास रहेको सबै राज्य सरकारलाई दबाब, आग्रह दुबै गरिनेछ ।
२. तामाङ जातिको मुख्य साँस्कृतिक धरोहर (ताम्बा, लामा, बोन्बो) को संरक्षण तथा तामाङ मौलिक ज्ञान, साहित्यको प्रवद्र्धन गर्नका लागि सम्बन्धित राष्ट्र सदस्य संस्था र सम्बन्धन सदस्य संस्थाको ब्यवस्थापनमा परियोजनागत रुपले कार्यक्रम सञ्चालन गर्नेछ । तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनद्वारा पारित साँस्कृतिक पुनर्जागरण अभियानलाई पुन : निरन्तरता दिइनेछ ।
३. तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व माघ शुक्लपक्ष प्रतिपदाको दिनको सम्बन्धमा देखिएको भ्रम अन्त्य गर्न “अन्तर्राष्ट्रिय तामाङ चन्द्रपात्रो निर्धारण समिति” गठन गरिनेछ । सो समितिले सबै गणित तथा फलित जोतिषशास्त्र र तामाङ परम्परा तथा मान्यताको अध्ययन गरी ल्हो फिर्ने प्रत्येक बर्ष माघ शुक्लपक्ष प्रतिपदाको दिन तोक्ने र समितिले प्रकाशन गरेको मञ्जुश्री सम्वत्मा आधारित पात्रोलाई सबै ठाउँमा प्रचलनमा ल्याउन आवश्यक समन्वय गर्नेछ ।
४. तामाङ भाषाको प्रवद्र्धन गर्न र समुदायको शैक्षिक अवस्थामा थप सुधार ल्याउन शैक्षिक सहयोग कोषलाई छुट्टै कार्यविधि बनाई ब्यवस्थित रुपमा सञ्चालन गरिनेछ । तामाङ विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा अभिप्रेरित गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै तामाङ भाषा विद्यालय, तामाङ–अंग्रेजी–नेपाली यान्त्रिक अनुवाद सफ्टवेयर, तामाङ अनलाईन कोर्स र नमूना विद्यालयहरु समेत सञ्चालन गरिनेछ ।
५. तामाङको आर्थिक अवस्थालाई मजबुत बनाउन संसारभरि फैलिएर रहेका तामाङको पूँजीलाई एकीकृत गर्ने, यसको लागि परिषद्को विगतमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनहरुबाट जारी घोषणापत्र बमोजिम सहकारीको माध्यमबाट तामाङ स्व–विकास र समृद्धिका निश्चित योजनाहरु अघि बढाइनेछ ।
६. तामाङमाथि आइपर्ने विभिन्न खालको मानवीय तथा दैवी बिपती र दु :खमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय स्तरमा तामाङ विपत् ब्यवस्थापन कोष खडा गरिनेछ र एक नियमावली बनाई सम्बन्धित सदस्य राष्ट्र संस्थाको सिफारिसमा परिषद्ले विभिन्न विपत्मा सहयोग उपलब्ध गराउनेछ ।
७. राज्यपक्ष वा गैर राज्यपक्षबाट तामाङ जनतामाथि समय समयमा हुने, गरिने सबैखाले शोषण, अन्याय, विभेदको बिरुद्ध संसारको तामाङहरु बिना पूर्वाग्रह एकठाउँमा उभिएर प्रतिरोध तथा संघर्ष गर्ने वातावरण सिर्जना गर्नेछ ।
८. अन्तर्राष्ट्रिय तामाङ परिषद्को पहलमा भगवान् बुद्धको जन्मभूमि लुम्बिनीमा गुम्बा निर्माणको लागि अखिल भारतीय तामाङ बौद्ध संघको नाममा नेपाल सरकारबाट जग्गा प्राप्त भइसकेको हुँदा उक्त जमीनमा अन्तर्राष्ट्रिय तामाङ गुम्बा तथा धर्मशाला निर्माण गर्न एक स्वायत्त संस्थाको रुपमा “अन्तर्राष्ट्रिय तामाङ गुम्बा निर्माण समिति” गठन गरी काम अघि बढाइनेछ ।
९. अन्तर्राष्ट्रिय तामाङ परिषद्को सचिवालय स्थायी रुपमा नेपालमा रहने र तामाङ समुदायको ऐतिहासिक आदिम भूमि समेत नेपालको ताम्सालिङ क्षेत्र नै रहेको हुँदा नेपाल तामाङ घेदुङको ब्यवस्थापनमा तामाङको धार्मिक, साँस्कृतिक सबैखाले विविधता झल्किने तामाङ साँस्कृतिक भवनका लागि परिषद्ले आवश्यक जग्गाको ब्यवस्थापन तथा निर्माण कार्यको पहल गर्नेछ ।
१०. तामाङहरुको स्थायी, अस्थायी बसोबास रहेको विभिन्न राष्ट्रहरुमा तामाङ जातिको साझा संगठन निर्माणको लागि पहल गर्नुका साथै विभिन्न देशमा विविध कारणले विभाजनको अवस्थामा रहेको तामाङ संघ÷संस्थाहरुलाई क्षेत्रीय समन्वय समितिको पहलमा एकता गर्दै लगिनेछ ।
११. अन्तर्राष्ट्रिय तामाङ परिषद्को सचिवालय काठमाडौंमा रहने हँुदा परिषद्को कार्यालयलाई ब्यवस्थित रुपमा सञ्चालन गरिनेछ । साथै परिषद्को कार्यालयलाई संसारमा रहेको तामाङ संघ÷संस्थाको सूचना केन्द्रको रुपमा विकास गरी आवश्यक साझा सामाग्रीहरु प्रकाशन गर्दै जानेछ ।
१२. अन्तमा, अन्तर्राष्ट्रिय तामाङ परिषद्को ऐतिहासिक चौथो सम्मेलनको आतिथ्यता गरी महत्वपूर्ण सहयोग पु¥याएकोमा अखिल भारतीय तामाङ बौद्ध संघ परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । थुजेछे ।।

जारी : २०१८ डिसेम्बर १६ मिरिक, भारत ।
सार्वजनिक : २०१८ डिसेम्बर २९ काठमाडौं, नेपाल ।।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!