प्रजातान्त्रिक योद्धा राईको तस्बिरअंकित हुलाक टिकट प्रकाशित

SHARE:

काठमाडौँ । सरकारले प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइतबार १० रुपैयाँ दरका टिकटमा टाँचा लगाए । राई २००७ सालको क्रान्तिमा पूर्वी क्षेत्रबाट लडेका थिए । दिल्ली सम्झौताप्रति असन्तुष्ट उनी २००८ सालको सिंहदरबार विद्रोहपछि बेपत्ता पारिएका थिए ।

इतिहासले न्याय गर्छ भन्ने कुरा टिकट प्रकाशन कार्यबाट प्रमाणित भएको मन्त्री बाँस्कोटाको भनाइ थियो । ‘यो साधारण हुलाक टिकट होइन’, उनले भने, ‘आज रामप्रसाद राईले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको सम्मान भएको छ । न्यायको जित भएको छ । यो कार्य त उहिल्यै हुनुपथ्र्यो तर ढिलै भए पनि आज सम्पन्न भएको । सरकारले गरेका उल्लेखनीय कार्य मध्ये यो पनि एक हो ।’

हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले इन्डोनेसियामा ५ लाख प्रति टिकट छापिएको बताए । ‘अहिले १६० वटा लिएर आएका छौँ’, उनले भने, ‘बाँकी तीन महिनाभित्र आउनेछ ।’ उनले सन् २०१८ कै एक मात्र हुलाक टिकट यही भएको बताए । टिकट पूर्णकला लिम्बूले डिजाइन गरेकी हुन् ।

टाँचा लगाउने समारोहमा संघीय सांसद सुदन किराती, प्रा.डा. गोविन्दमानसिंह कार्की लगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा रामप्रसाद राईको अतुलनीय योगदान रहेको उल्लेख गर्दै जननायक राईलाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नु पर्ने माग गरेका थिए । उक्त समारोहमा पूर्वमन्त्री कृपासुर शेर्पा, पूर्व सांसद घनेन्द्र बस्नेत, नेता अजम्बर काङमाङका साथै रामप्रसाद राई स्मृति प्रतिष्ठानका सल्लाहकार तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो । स्मरण रहोस् यसअघि प्रतिष्ठानले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा ठूला पार्टीका प्रमुखहरूसमक्ष राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै आधारपत्र बुझाइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!