हुम तमु
पोखरा । तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र आमा समितिकी अध्यक्ष प्रेमा गुरुङलाई मातृशोक परेको छ। अध्यक्ष गुरुङको आमा र आमा समिति अध्यक्ष प्रेमा गुरुङको सासुआमा चिजकुमारी गुरुङ बिहीबार आफ्नै निवास पोखरा महानगरपालिका ९ नयाँबजार, प्रदर्शनीमार्गस्थित सविता निवासमा विहान करिब १० बजे निधन भएको हो। केही समयअघिदेखि अस्वस्थ्य भई घरमै स्वास्थ्योपचार गरिरहेकी थिइन् ८१ वर्षीया गुरुङ ।
जेष्ठ छोरा ज्ञाम गुरुङ पोखरा आगमनपश्चात् स्वर्गीय गुरुङको अन्त्येष्टि गरिएको चारभञ्ज्याङ तमु समाजका अध्यक्ष प्रदिपकुमार तमुले जानकारी दिए ।






