वाइडबडीबारे विशेष छानबिनका लागि आयोगलाई अपिल

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले वाइडबडी जहाज खरिद प्रक्रियाको छानबिनमा संसदीय उपसमिति नै सर्वेसर्वा नभएको बताएका छन् । उनले समितिको कायैशैलीप्रति र प्रतिवेदन समितिमा नबुझाउँदै बाहिर चुहाएको भन्दै आपत्ति जनाएका छन् ।

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममको २३औं श्रृखलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले यो विषयमा उनले संसद्को पूर्णसमिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष छानबिनका लागि अपिल गरेका छन्।

‘उपसमिति नै सर्वेसर्वा हँदैन। त्यसको काम समितिमा बुझाउने हो। अब त्यसले उधुम, के के न बाघका जुंगा उखेल्यौं भनेर त्यसको हातमा भएका राैं चाँहि बाघका जुंगा नै हुन कि होइनन्? त्यो त समितिले भन्ला या संसदले भन्ला,’ प्रधानमन्त्री ओलीले भने।

उपसमितिले बुुधबार संसदको सार्वजनिक लेखा समितिलाई ४ अर्ब ३५ करोड अनियमितता भएकाे प्रतिवेदन बुझाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!