उपसभामुखद्वारा दृष्टिविहीनलाई न्यानो कपडा वितरण

SHARE:

मोरङ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले मोरङमा दृष्टिविहीनलाई न्यानो कपडा वितरण गरेका छन् ।

नेत्रहीन संघ मोरङले १७ औं साधारणसभा तथा प्रथम बेललिपी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा ३८ जना दृष्टिविहीनलाई ज्याकेट, स्वेटरलगायतका न्यानो कपडा वितरण गरिएको हो । विभिन्न संघ संस्था तथा व्यक्तिहरुले न्यानो कपडा सहयोग गरेका थिए । कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले अपांगता भएकाहरुमाथि हुने विभेद र अप्ठ्याराहरुलाई कानुनीरुपमै समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठक, राष्ट्रिय अपांग महासंघका पूर्वअध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, नेकपा बेलबारी संयोजक पर्शुराम सुवेदी, इरान राई, महिला प्रतिभा संघका सकुन्तला सुवेदीलगायतले सम्बोधन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!