संकीर्ण चिन्तन त्याग्न कांग्रेस नेताहरुलाई सांसद तामाङको सुझाव

SHARE:

एटा संवाददाता

काठमाडौं । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले संविधान, संघीयता कार्यान्वयन र प्राप्त उपलब्धि व्यवहारमा लागू गराउन सहकार्य आवश्यक रहेको बताएका छन् । सबै दलबीच एकता, समझदारी र सहयोगी भावनाबाट संविधान जारी भएको स्मरण गराउँदै सांसद तामाङले उपलब्धिहरु जीवन व्यवहारमा लागू गर्न सहकार्य अहिलेको जरुरी रहेको बताए ।


लगातार ९० घण्टा २ मिनेट बोलेर गिनिज बुकमा नाम लेखाउन सफल उत्प्रेरक वक्ता अनन्तराम केसीलाई बधाईका लागि नेपाल पर्यटन बोर्डमा सोमबार आयोजित कार्यक्रममा पूर्वमन्त्री तामाङले सो धारणा राखेका हुन् । गमलामा पानी हालेर कार्यक्रम उद्घाटन गरेका सांसद तामाङले जुनसुकै कार्यक्रमका लागि पनि प्रमुख अतिथि र नेतृत्व प्रदान गर्ने नेताहरुको नुवाकोटमा कमी नरहेको बताउँदै केही नेताहरुको संकीर्णता र ‘मपाईत्ववादी’ चिन्तनले गर्दा रिक्तता महसुस हुने गरेको टिप्पणी गरे । ‘नुवाकोट जिल्ला नेता, नेतृत्वको कमी भएर हाम्रो कार्यक्रममा प्रमुख अतिथि बनाउन नसक्ने अवस्था सिर्जना भएको होइन, हामीमा एकले अर्कोको अस्तित्व स्वीकार्न नसक्ने प्रवृत्ति छ’ तामाङले विपक्षी कांग्रेसका नेताहरुलाई संकेत गर्दै भने, ‘हामी धेरै लोकतन्त्रको बखान गर्छौं । स्वस्थ प्रतिस्पर्धाको कुरा गर्छौं । आधुनिक जमानको कुरा गर्छौं । तर, जसरी भन्छौं त्यसरी व्यवहारमा देखाउन नसक्ने हाम्रो संकीर्णता, ‘मपाईत्ववादी’ चिन्तनले गर्दा समस्या हुने गरेको छ ।’

‘विचार, आस्था र राजनीतिक संलग्नताको हिसाबले जो जहाँ भए पनि अनन्तराम केसीजस्ता साझा निधिका रुपमा उदाइरहनु भएकाको सम्मान गर्ने कार्यक्रममा मपाइत्व, संकीर्णता प्रदर्शन गर्न हुँदैन’उनले भने । कार्यक्रमको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई बोलाइए पनि स्वास्थ्य समस्या देखाउँदै उनी सहभागी भएनन् । आयोजकका अनुसार कांग्रेस नुवाकोटका नेताहरुलाई पनि डाकिएको थियो । नेकपाका नेताहरु सहभागी हुने कार्यक्रममा नुवाकोटका स्थानीयदेखि केन्द्रीय नेतृत्वमा रहेका कांग्रेस नेताहरु जाने गरेका छैनन् । कांग्रेस नेताहरुको चिन्तन र प्रवृत्तिप्रति सांसद तामाङ रोष्ट प्रकट गरेका हुन् । उनले आफूमा त्यस्ता प्रवृत्ति र सो‌च नरहेको प्रस्ट्याए । कांग्रेस नेता रामशरण महतलाई भारी मतले पराजित गर्दै तामाङ नुवाकोट क्षेत्र १ बाट निर्वाचित सांसद हुन् ।

कार्यक्रममा नेता तामाङले उत्प्रेरक वक्ता अनन्तराम केसीलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्दै बधाई दिएका थिए । पूर्वमन्त्री तामाङ विश्वविख्यात बन्न सामान्य कुराले सम्भव नहुने भन्दै प्रतिभावान् व्यक्तिहरुलाई सबैले सहयोग गर्न आग्रह गरे । ‘करोडौं नेपालीहरुमध्येबाट थोरै मान्छेहरुले पाउने कीर्तिमान प्राप्त गर्न अनन्तराम केसीजी सफल हुनुभएको छ । त्यसअर्थमा उहाँलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु’ सा‌सद तामाङले भने, ‘आगामी दिनमा योभन्दा पनि अगाडि बढ्न प्रेरणा मिल्ने छ । उहाँलाई यहाँसम्म जो जसले विभिन्न सहयोग गर्नुभएको छ । यहाँहरुलाई पनि धन्यवादसहित बधाई पनि भन्न चाहन्छु । आगामी दिनमा पनि हरेक खालका सहयोग कायम रहोस् ।’ केसीले गत भदौ दोस्रो साता ९० घण्टा २ मिनेट लगातार बोलेर विश्वकीर्तिमान कायम गरेका थिए ।

कार्यक्रमका सभापतिसमेत रहेका केसीले आफ्नो सफलता देशको साझा गौरव भएको बताउँदै अब युवासँग मिलेर देश जागरण अभियानमा लाग्ने बताए ।

केसीको कीर्तिमानी कायम गर्न हरेक तबरबाट सहयोग पुर्‍याउने दर्जनौंलाई सम्मान गरिएको थियो । विशिष्ट अतिथि पूर्वमन्त्री हितबहादुर तामाङ, आनन्द पोखरेललगायतले डा.योगी विकासानन्द, सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी रति लामा, विभिन्न नगरपालिका, गाउँपालिका, कानुनकर्मी, बुद्धिजीवी, शिक्षासेवी, व्यवसायी, सामाजिक अभियन्ताहरुलाई सम्मान पत्र, खादासहित सम्मान गरेका थिए ।

कार्यक्रममा उत्प्रेरक वक्ता अनन्तराम केसीको ४९ औं वर्षगाँठको अवसरमा केक काटिएको थियो । व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले आयोजना गरेको कार्यक्रम सञ्चालन गायिका शोभा त्रिपाठीले सञ्चालन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!