सर्लाही राेकिराखेकाे बसलाई ठक्कर दिँदा तीनको मृत्यु, तीनजना घाइते

SHARE:

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा रोकिराखेको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् ।

काठमाडौबाट इलाम जाने क्रममा सापट बिग्रेर ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा रोकिराखेको ना ४ ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा इलाम सुल्बुङ–७ निवासी २७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका–१६का ३० वर्षीया विनेता राई र पर्सा वीरगंज उपमहानगरपालिका–१९ निवासी ३५ वर्षीय रहिम मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजकुमार शाहीले बताए ।

बसमा सवार साउदेन र राई बस बिग्रेर बनाउने क्रममा बसको पछाडि बसेका थिए । तीब्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा दुवैको च्याप्पिएर मृत्यु भएको हो । त्यस्तै मियाँको ट्रकमा च्यप्पिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मियाँ ट्रक चालक भएको प्रहरीको अनुमान छ । ‘मियाँ चालक भएको र उनले खलासीलाई चलाउन दिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ,’ ट्राफिक प्रमुख शाहीले भने, ‘दुर्घटनाको अनुसन्धान भईरहेको छ ।

दुर्घटनामा बसचालक झापा अर्जुनधारा नपा–६ निवासी ३५ वर्षीय राजेन्द्र खतिवडा यात्रु नुवाकोट विदुर नपा–१३ निवासी २७ वर्षीय दावा तामाङ, र उदयपुर कटारी नपा–१ निवासी २२ वर्षीय दिपक अधिकारी घाईते भएका छन् । गम्भीर घाइते चालक खतिवडाको विर्तामोड, खुट्टा भाँच्चिएका तामाङको बीएण्डबी ललितपुर र अधिकारीको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक तीनैजनाको शव भने सदरमुकाम मलंंगवास्थित जिल्ला अस्पतालमा राखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!