सम्पादक घलेलाई मातृशोक

SHARE:

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सल्लाहकार संयोजक, कान्तिपुर डेली डटकमका सम्पादक खिम घलेलाई मातृशोक परेको छ । घलेकी ७२ वर्षीया आमा चन्द्रकुमारी घलेको मंगलबार बिहान साढे २ बजेतिर निधन भएको परिवारले जनाएको छ ।

मधुमेह र उच्च रक्तचापको समस्याका उनी सोमबार दिनभरी परिवारसँगै थिइन् । राति एक्कासी समस्या आएपछि तत्काल अस्पताल पुर्‍याइएको थियो । उपचार सुरु हुन नपाउँदै चिकित्सकले मृत घोषणा गरेका थिए ।

बेंसीसहर नगरपालिका–१० खासुर घर भएका उनी बेंसीसहर नगरपालिका–७ पुरानो बैंक चोकमा जेठो छोरा स्टेशनरी व्यवसायी ताराराज घलेसँग बस्दै आएकी थिइन् । उनका पति र २ छोरा छन् । काठमाडौंमा बस्दै आएका सम्पादक घले आमाको संस्कारका लागि मंगलबार बिहानै लमजुङ पुगिसकेका छन् । खिम घले तमू (गुरुङ) संचारकर्मी संघ नेपाल (एटजोन) का सल्लाहकार, एभरेष्ट टाइम्सका स्तम्भकारसमेत हुन् ।

नेपाल पत्रकार महासंघ कान्तिपुर शाखा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), तमू (गुरुङ) संचारकर्मी संघ नेपाल (एटजोन), रेडियो मर्स्याङ्दी लमजुङ, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायतले घलेको निधनप्रति शोक वक्तव्य जारी गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!