विद्यालय व्यवस्थापन महासंघ पञ्चकन्याको नेतृत्वमा भागबण्डा

SHARE:

नुवाकोट । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ पञ्चकन्या गाउँपालिका अध्यक्षमा यमबहादुर थापा चयन भएका छन् ।
नवसञ्जिवनी मावि कविलास २ बुधबार भएको अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सहमतिका आधारमा छनोट गरिएको हो । उपाध्यक्षमा मनिका थापा, सचिव छिरिङ दोर्जे तामाङ, कोषाध्यक्षमा यशोदा खतिवडा चयन भए ।

सदस्यहरुमा बुद्धिबहादुर तामाङ, शारदा महत, जयराम थापा, वासुदेव मिश्र, मंगल मिजार, जानुका खतिवडा र बेली मिजार छन् । सहमतिको आधारमा नेतृत्व चयन गरिएको भनिए पनि कांग्रेस र नेकपा खेमाकाबीच भागबण्डा गरिएको छ । अध्यक्ष र कोषाध्यक्ष कांग्रेसले पायो भने उपाध्यक्ष, सचिव र कोषाध्यक्ष नेकपाको भागमा परेको छ ।

पञ्चकन्या गाउँपालिकामा समुदायबाट सञ्चालित मावि, आधारभूत तहका २८ विद्यालयहरु छन् ।

अधिवेशनमा सहजीकर्ताको भूमिका स्रोत व्यक्ति उद्धव पौडेल र विद्यालय व्यवस्थापन समिति महासंघ नुवाकोट तर्फबाट जिल्ला प्रतिनिधि भाग्यश्री लामा सहभागी थिए ।

स्रोत व्यक्ति पौडेलले कार्यसमिति चयन, कार्यक्रम सहजीकरणमा प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई बेवास्ता गरेको आरोप लागेको छ । पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यता, उपाध्यक्ष सीता खड्का विशिष्ट अतिथि रहेको विव्यस महासंघ पञ्चकन्याको अधिवेशन निकै अव्यस्थित ढंगले सम्पन्न गरिएको सहभागीले जनायो ।

अनौठो के देखिन्थ्यो भने, प्रमुख अतिथि र विशिष्ट अतिथिको रुपमा आशनग्रहण गराइएका गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई पुन: परिचय गराउन लगाएर कार्यक्रम सम्पन्न गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!