दीपक मनाङेले लिए शपथ

SHARE:

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ९दीपक मनाङे० ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराए ।
तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयी भएका उनी शपथ लिनु अगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि हालसम्म शपथ हुन सकेको थिएन ।

सर्वोच्च अदालतको आदेशमा पुस ६ गते कारागर मुक्त भएपछि उनले पुस ११ गते प्रदेशसभा सचिवालयमा शपथका लागि निवेदन दिएका थिए । शपथपछि उहाँले सरकारको कामको आधारमा सहयोग गर्ने बताए ।
समग्र प्रदेशका साथै आफ्नो निर्वाचन क्षेत्रमा बाटोघाटो, शिक्षा लगायतको विकासमा आफू सक्रिय बन्ने उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!