स्वार्थको संघर्ष

SHARE:

चिकित्सा शिक्षा विधेयक संसदबाट पास भएपछि सत्तापक्ष र प्रतिपक्षबीचमा अहिले आरोप प्रत्यारोप सुरु भएको छ । सदनमा विरोध गर्दागर्दै बहुमतका आधारमा विधेयक पास भएपछि प्रतिपक्षी दलका भातृ संगठनहरु अहिले सडक संघर्षमा ओर्लिएका छन् ।

सरकार र अनसनरत डा गोविन्द केसीबीच भएको सम्झौता कार्यान्वयन नभएको, आफ्ना नेताहरुको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठानहरु नामेट गर्न खोजेको लगायतका आरोप लगाउँदै प्रतिपक्षी कांग्रेसले व्यापक विरोध जनाइरहेको छ । यो विरोधसँगै दिनहुँजसो अहिले विधेयकको विरोध र समर्थनमा काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शन हुने गरेको छ ।

सरकारले आफ्ना मागलाई पूरा लागू गर्ने गरी चिकित्सा शिक्षा विधेयक नल्याउने स्थिति देखेपछि दुई साताअघिबाट आमरण अनसनरत डा केसीले पनि संसदबाट पास भएको विधेयकप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । अहिले पनि डा. केसी अनसनमै छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि दजनौंपटक अनसन बस्दै आएका डा केसीको स्वास्थ्य स्थिति पनि खराब बन्दैछ । यस्तो स्थितिमा सरकारले बहुमतका आधारमा विधेयक पारित गर्नु र त्यसमा विपक्षीले पनि सशक्त प्रतिकार गर्नुले पक्कै पनि यो विवादको विषय भइसकेको छ ।

खासमा यो विवाद स्वार्थको विवाद हा् । हुन त चिकित्सा शिक्षामा ७५ प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गर्नु जनताको पक्षमा आएको निर्णय हो । यो कानुनले जनताको पहुँचसम्म चिकित्सा शिक्षा विधेयक पुर्याउन खोजेको स्पष्ट हुन्छ । यो व्यवस्थाले निजी स्तरमा खुलेका कलेजहरुबाट व्यापक विरोध नहुने कुरै भएन । ती विरोधका स्वरलाई प्रतिपक्षी दल र डा. केसीमार्फत् माग पूरा गराउन पनि घुसपैठको सम्भावना उत्तिकै छ ।

त्यस्तै, प्रतिपक्षीहरुले भनेजस्तो कांग्रेसका पूर्वसभापतिहरु तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित मेडिकल कलेजहरु खत्तम पार्न लागेको पनि हुनसक्छ । त्यसैगरी सत्तापक्षले विगतदेखि नै चाहँदै आएको बिर्तामोडमा खुलेको एउटा कलेजलाई सम्बन्धन दिने विषय पनि यो विधेयकको स्वार्थसित गाँसिएको छ । त्यसैले पनि यो जनताको पक्षमा भन्दा पनि आआफ्ना दल र समर्थकहरुको पक्षमा भइरहेको विरोध भन्दा अन्य कुनै विषय हुन सक्दैन ।

राजनीतिक दलहरुले जनतालाई केन्द्रमा राखेर काम गर्नुभन्दा पनि स्वार्थ प्रेरित कानुन बनाउने, त्यसको विरोध पनि उही शैलीमा हुनुलाई उचित मान्न सकिन्न । राजनीतिक दलहरुले जनताले देशमै सुलभ रुपमा चिकित्सा शिक्षा लिन सक्नुपर्छ भन्ने कुरामा जोड दिनु राम्रो हो । आआफ्ना राजनीतिक डम्फु बजाउने गर्नाले पक्कै पनि राजनीतिक जनताका लागि गरेको ठहरिने छैन । चेतना भया ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!