पोखराका पत्रकार, लेखकलाई एभरेस्ट टाइम्सको सम्मान

SHARE:

पोखरा । बेलायतबाट विगत एक दशकदेखि निरन्तर प्रकाशित एभरेस्ट टाइम्सले पोखराका पत्रकार, लेखकलाई सम्मान गरेको छ । पोखरामा रही समाचार, फोटो, लेख, रचनालगायत विविध ढंगले सहयोग गरेको भन्दै एभरेस्ट टाइम्सले दसौं वार्षिकोत्सवको उपलक्ष्यमा सम्मान गरेको हो । एभरेस्ट टाइम्सको वार्षिकोत्सव गत सेप्टेम्बर ७, २०१८ मा अल्डरसटमा मनाइएको थियो ।

बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा फोटो पत्रकार सुदर्शन रञ्जित, कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक हुमबहादुर गुरुङ, तमु संसार त्रैमासिकका सम्पादक रोशनी गुरुङ, खेलकुद मञ्च कास्कीका अध्यक्ष केशव पाठक र गुरुङ साहित्य मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङ, कोषाध्यक्ष जसु गुरुङलाई एभरेस्ट टाइम्स का वरिष्ठ फोटोग्राफर मिलन तमु र अभियान फिल्मस्का निर्माता निर्देशक एवं मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले सम्मानपत्र र खादाबाट सम्मान गरेका हुन् ।

कार्यक्रममा फोटोग्राफर एवं गीतकार मिलन तमुले तमु चलचित्रका वरिष्ठ कलाकारद्वय टिकाराम घले र कल्पना गुरुङलाई जनही ५ र ५ हजार रुपैयाँसहित भाग्रा, क्रमु र खादाबाट पुरस्कार दिएका थिए ।
कार्यक्रममा फोटोग्राफर तमुलाई गुरुङ साहित्यीक मञ्चकी अध्यक्ष गौरी गुरुङले आजीवन सदस्यता प्रदान गरेकी थिइन् ।

कार्यक्रममा वरिष्ठ फोटो पत्रकार तमुले एभरेस्ट टाइम्सको युकेमा सम्पन्न १० औं वार्षिकोत्सव सम्मान गर्न छुटेका पोरखेली सहयोगी पत्रकार, लेखक र आपूmले अति नै मनपराउने कलाकारहरुलाई एकै थलो सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका अभियान फिल्मस्का निर्माता निर्देशक एवं मादी गाउँपालिकाका अध्यक्ष श्यामले जननिर्वाचित जनप्रतिनिधि भएकाले चलचित्र निर्माण कार्य केही पछि धकेलिए पनि चलचित्र बोर्डबाट दर्ता, स्वीकृति प्रक्रिया सम्पन्न भइसकेको छ्योप्ले (ठेलो) छिट्टै नै निर्माण कार्य थालनी गरिने बताए । उनले साथीहरुबाट चलचित्र निर्माणका लागि धेरै दबाव भए पनि जनताका कामलाई पहिलो प्राथमिकता दिँदै आएको बताए । अध्यक्ष श्यामले वरिष्ठ फोटो पत्रकार मिलन तमु पर्दा पछाडिको उत्पे्ररक भन्दै प्रशंसा गरेका थिए । फोटो पत्रकार तमु बिदा सकेर युके फर्कने भएकोले कार्यक्रममा सहभागीले खादा लगाएर शुभयात्राको कामना गरेका थिए ।
कार्यक्रम तमु संसार पत्रिका र मादी न्युज डट कमका सम्पादक रोशनी गुरुङले गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!