चीनसँगका १५ नाका सञ्चालनमा ल्याइने : उपप्रधानमन्त्री

SHARE:

भोजपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले चीनसँगका १५ नाका सञ्चालनमा ल्याउन लागिएको बताएका छन् । गोगनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा जानकारी गराएका हुन् । उनले तीन तहको सरकार बनिसकेकाले जनप्रतिनिधिले जनतालाई निर्वाचनमा गरेका कबुललाई सम्झेर काम गर्न आग्रह गरे । उनले रोजगारी र उत्पादनका क्षेत्रमा केन्द्र सरकारले ध्यान दिइरहेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले स्थानीयस्तरमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी संरक्षण गरेर विकासे खुड्किलो अगाडि बढाउन आग्रह गरे । उनले देशमा बेरोजगारी बढ्दै गइरहेको गुनासो आइरहेकाले अबका चार वर्षभित्र उद्योग धन्दा खोलेर बेरोजगारी कम गरिने बताए । देशमै रोजगारी सिर्जना गरी उद्यम बन्न चाहने जो कोही पनि आएमा विनाधितो ऋण उपल्ब्ध गराइने उनले जानकारी गराए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!