जनप्रतिनिधिलाई राम कार्की भन्छन्, ‘किन चाहियो लाख, डेढलाख पर्ने कुर्सी ?’

SHARE:

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपाका सांसद सुरेन्द्रबहादुर (राम) कार्कीले जनप्रतिनिधिहरु सुविधाभोगी भएको भन्दै खबरदारी गर्न जनतालाई आग्रह गरेका छन् । शनिबार झापा क्षेत्र नम्बर १ मा मतदाता र पार्टी कार्यकर्तासँग कुरा गर्दै प्रतितिनिधि सदस्य कार्कीले संघीयताको मर्म नबुझी जनप्रतिनिधिहरु चिल्ला गाडी, सुविधायुक्त कार्यालय र आरामदायी कुर्सीमा भुल्न थालेकोमा आपत्ति जनाएका हुन् । ‘जनप्रतिनिधि बिग्रिन लागेको छ । अहिलेदेखि नै सावधान हुनुहोस्’ स्थानीयलाई सचेत गराउँदै पूर्वमन्त्री कार्कीले भने, ‘सिंहदरबारका मन्त्री त तीन, चारवटा कोठा भएकोमा बस्छ । मान्छे जम्मा गर्ने, आफू बस्ने । गोप्य कोठा । आराम गर्ने कोठा हुन्थ्यो, हेर्दै जाँदा अहिले प्रदेशमन्त्रीको पनि त्यस्तै ।’

मन्त्रीजस्तो मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसमेत सुविधामा डुब्न थालेको पनि उनको गुनासो थियो । ‘नगरपालिका मेयर, उपमेयरको पनि उस्तै । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सबैलाई गाडी-घोडा’ उनले भने, ‘ हुँदाहुँदा वडाध्यक्षलाई नि चाहियो । यसरी संघीयता चल्न सक्दैन । संघीयतालाई गलत बुझ्यो मान्छेहरुले । यसको विरुद्धमा तपाइहरुले बेलैमा आवाज उठाउनुस् । मैले त सुरु गरिसकेको छु बोल्न ।’ नागरिकले खाइ, नखाइ तिरेको कर विकास निर्माण र जनतालाई सुख सुविधा दिनमा खर्चनु पर्नेमा जनप्रतिनिधिहरु नै मोजमस्तीमा लागेको उनले उल्लेख गरे ।

स्थानीय र प्रदेश तहमा कार्यालय स्थापना गर्न सामान्य सरसमान प्रयोग गरेर जनताजस्तै भएर काम गर्न उनको आग्रह थियो । ‘कार्यालय त राख्नु पर्छ । तर सामान्य । माटो, गुन्द्री, घुमराडी जस्तो पाउँछ त्यस्तै प्रयोग गरेर साधारण तरिकाबाट जनताभन्दा फरक नदेखिने गरी काम गर्नु पर्‍यो’ उनले भने, ‘किन चाहियो जनप्रतिनिधिलाई लाख, डेढलाख पर्ने कुर्सी ?, जनता जहाँ बस्छन, त्यही बसेर कुरा गर्दा भइहाल्यो नि !’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!