नेपाललाई मुन्द्रा र धामराको सामुन्द्रिक बन्दरगाहमा पहुँच दिन सकारात्मक भारत सकारात्क

SHARE:


काठमाडौं । भारतले नेपाललाई मुन्द्रा र धामराको सामुन्द्रिक बन्दरगाहमा पहुँच दिन सकारात्मक देखिएको छ । दुई देशबीच वाणिज्य सन्धिको पुनरावलोकन लागि पोखरामा भएको बैठकमा नेपाललाई थप दुई बन्दरगाह (पोर्ट)मा पहुँच दिन भारत सकारात्मक देखिएको हो ।

धामरा पोर्ट उडिसा राज्यमा पर्छ भने भने मुन्द्रा पोर्ट गुजरातमा अवस्थित छ । हाल नेपालले भारतको कोलकाता र विशाखापटनमको पोर्टमात्रै प्रयोग गर्दै आएको छ । अब वाणिज्य सन्धि पुनरावलोकनमा अन्य पोर्ट पनि नेपालको उपयोगमा दिन नेपालले प्रस्ताव गरेको थियो । वार्तामा नेपाली टोलीको नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवीशंकर सैँजुका अनुसार भारतले वार्तामा नेपालबाट सुमुन्द्रसम्म जलमार्गमार्फत पहुँच दिने विषयमा पनि छलफल भएको छ । यसका लागि पनि भारत सकारात्मक देखिएको छ ।

नयाँ पोर्टको प्रयाग र जलमार्गमार्फत सीधै भारत वा तेस्रो मुलुबाट अन्तर्राष्ट्रिय ब्यापारको ढोका खोल्न गरिएको प्रस्तावमा भारतले सैद्धान्तिक सहमति जनाएको हो ।

अब यस बैठकमा सहमति भएका विषयलाई सन्धि पुनरावलोकनका लागि मस्यौदाका रुपमा तयार गरिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!