फोटो पत्रकार तमुद्वारा पातीखोला गुफालाई लाख सहयोग

SHARE:

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा रहेको पातीखोला गुफाको संरक्षण र स्तरोन्नतीको लागि भन्दै बेलायत निवासी फोटो पत्रकार मिलन तमुले १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । आफनो व्यक्तिगत दान र साथीभाइ तथा युकेमा रहेका माछापुच्छे« गाउँपालिकावासीहरुसँग संकलन गरेको रकम गत हप्ता एक कार्यक्रमबीच गुफा संरक्षण समितिलाई प्रदान गरिएको हो । पातीखोला गुफा संरक्षण समिति अध्यक्ष क्या.डम्मरबहादुर गुरुङ, सचिव यामबहादुर गुरुङ र कोषाध्यक्ष माया गुरुङलाई सुब्बा नाथु प्रल्हाद गुरुङ स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा हस्तान्तरण गरियो ।

सहयोग रकम ग्रहण गर्दै गुफा संरक्षण समिति अध्यक्ष क्या.डम्मरबहादुर गुरुङले द्धापरयुगमा नै पहिचान भएको पातीखोला गुफा प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको भन्दै अब यसको विकासमा अघि बढ्दै गुफालाई गाउँपालिकाभित्रकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आफूहरु लागिपर्ने बताए ।

कार्यक्रममा गुफा संरक्षण समिति सचिव तथा कास्की जिल्ला भलिबल संघका पूर्वअध्यक्ष यामबहादुर गुरुङले पातीखोला क्षेत्रमा वर्षै पुरानो मेला लाग्दै आएकोमा हाल आएर सो मेला रोकिएको भन्दै अब छिट्टै नै मेला सञ्चालन गर्ने तयारीमा रहेको बताए । यस्तै कोषाध्यक्ष माया गुरुङले राष्ट्रिय महत्व बोकेको गुफाको संरक्षण र प्रचारप्रसारमा राज्यले पनि विशेष ध्यान दिनुपर्ने बतइन् ।

कार्यक्रममा सहयोगदाता एवं एभरेस्ट टाइम्स युकेका सिनियर फोटोग्राफर तथा गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक मिलन तमुले आउने दिनमा पनि यस्ताखाले सहयोगलाई निरन्तरता दिने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!