घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् ।
राष्ट्रपति कार्यालयका सचिव छविन्द्र पराजुली काअनुसार आयुक्त पाठकले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७५/११/३ गतेदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा दिएका हुन् ।
पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो ।
यसअघि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाठकविरुद्ध महाअभियोग लगाउन आजैबाट प्रकृया सुरु गर्ने बताएका थिए ।
आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ घुस लिएको बताइएको छ ।






