कांग्रेस प्रवक्ता शर्माले भने, ‘ बयलगाढा चढेर सागरमाथा चढ्न सकिन्न’

SHARE:

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले एक वर्षमा सरकारले हालेको ‘समृद्धिको जग’ बालुवाको भएको टिप्पणी गरेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शासकीय योग्यता नै नदेखिएको उसको दाबी छ ।

सरकार गठन भएको वर्ष दिन पुगेको अवसरमा ३ फागुनमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको जग हालेको दाबी गरेका थिए ।

प्रमुख विपक्षी कांग्रेसले भने एक वर्षमा प्रधानमन्त्रीको शासनकीय योग्यता नै नदेखिएको दाबी गरेको छ । ‘प्रधानमन्त्रीले जब बोल्न थाल्नुहुन्छ, नागरिकले जिम्मेवार राजनेताको अभिव्यक्ति पाउँदैनन्, रमाइला अभिव्यक्ति पाउँछन् । यो एक वर्षमा देशलाई राम्रै मनोरञ्जन दिनु भएको छ’ पार्टी कार्यालयमा आइतबार आयोतित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘तर, देशले जे शासकीय योग्यता खोजेको थियो, त्यो देखिएन ।’

कूटनीतिक सम्बन्धमा पनि ओपी ओली सरकारले गरिबी देखाएको कांग्रेसको आरोप छ । पछिल्लो पटक भेनेजुएला प्रकरणमा त केटाकेटी आए, गुलेली खेलाए मट्याङ्ग्राको सत्याशान भएको जस्तो भएको शर्माले बताए ।

भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको कांग्रेसको आरोप छ । बुढीगण्डकी जलविद्युत आयोजनामा भएको अनियमिततामा प्रधानमन्त्री ओली स्वयंम दोषी भएको कांग्रेस प्रवक्ता शर्माले बताए । भ्रष्टाचारमा बल पु¥याउनकै लागि राज्यका सबै संयन्त्रलाई प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरिएको उनले बताए ।

समृद्धिको नारा दिएको सरकार यसमा पनि असफल भएको कांग्रेसले दाबी गरेको छ । ‘गणतन्त्रका लागि जुन बेला देशमा संघर्ष भइरहेको थियो, त्यसबेला आज प्रधानमन्त्री रहनु भएका व्यक्तित्वले भन्नु भएको थियो, बलयगाढा चढेर अमेरिका पुगिन्न’ कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘एक वर्षमा सरकारको गति, मति र प्रवृत्ति हेर्दै गर्दा समृद्धि मिठो नार मात्र होइन भने बयलगाढा चढेर सागरमाथा चढ्न सकिन्न भन्ने सरकारले स्मरण गर्नुपर्छ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!