काठमाडौँ । सर्वोच्च अदालतका विवादित न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत मंगलबार राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । जोशीले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको सर्वोच्च स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेकाजोशीको शैक्षिक योग्यतामा प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले अस्वीकार गरेको थियो ।

यो पनि पढ्नुहोस्
शैक्षिक प्रमाणपत्र काण्डले प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अनुमोदनमा चर्को विवाद






