नेपाल तामाङ घेदुङको ६३ औं स्थापना दिवस सम्पन्न

SHARE:

काठमाडौं । नेपाल तामाङ घेदुङको ६३ औं स्थापना दिवस सम्पन्न भएको छ। घेदुङ सभाकक्षमा मंगलबार भएको कार्यक्रममा घेदुङका पूर्बअध्यक्षहरु परशुराम तामाङ, महेन्द्रजंग तामाङ, धनप्रसाद तामाङ र कुमार योन्जन तामाङलाई नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिले सम्मान गरेको छ।

कार्यक्रममा ड्वा ल्हो सोनाम ल्होछार २८५५ तामाङ सांस्कृतिक महोत्सवमा ज्यापू महागुथी, नेपाल र लिम्बु सांस्कृतिक परिषद्, काठमाडौंलाई ल्होछार मूल समारोहको तर्फबाट कदर-पत्र प्रदान गरेको छ। यस्तैगरी ल्होछार समारोहका प्रमुख अतिथि, अतिथिहरुलाई तामाङ गोइलो, तागी सहयोग गर्ने गोइलो सप्लायर्सका प्रोप्राइटर चन्द्रमाया बोम्जन, रक्तदान कार्यक्रम संचालन गरेका नाङसाल क्लब नेपाल, स्वास्थ शिविर सञ्चालन गरेका ममता केन्द्र, भक्तपुर तामाङ जातिका विविध भाषा साहित्यका प्रकाशन प्रदर्शन गर्ने तामाङ डाजा, काठमाडौं, थेवा बुक्स एन्ड स्टेसनरी, बालाजु र याम्बुरी बुक प्वाइन्ट अनामनगर, मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने तामाङ चलचित्र संघ र नेपाल तामाङ युवा घेदुङ, प्रमुख अतिथिहरुलाई तामाङ खाजा उपलब्ध गराउने तथा तामाङ खाजा प्रदर्शन गरी महोत्सवलाई तामाङ पहिचान चिनाउने तामाङ कुदाप, स्वयम्भूलाई कदर- पत्र प्रदान गरेको छ ।

यसैगरी, नेपाल तामाङ घेदुङलाई ताम्सालिङ जागरण अभियानको लागि सहयोग गर्ने नेपाल तामाङ घेदुङ, इजरायल र नेपाल तामाङ घेदुङको निमित्त ल्होछार महोत्सव सम्पन्न गर्न सहयोग गर्ने नेपाल तामाङ घेदुङ साइप्रस, नेपाल तामाङ घेदुङ, कुवेत, नेपाल तामाङ घेदुङ, कतार, हङकङ तामाङ घेदुङ, हङकङ, तामाङ समाज यूएई, मकाउ तामाङ घेदुङ, मकाउ र नेपाल तामाङ घेदुङका संघीय सदस्य राम लामा हाल कुवेत र घेदुङको ६३ औं स्थापना कार्यक्रमलाई सहयोग गर्ने घेदुङका संघीय सदस्य लक्ष्मी योन्जनलाई घेदुङले कदर – पत्र प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!