गैरआवासीय र विदेशीलाई राष्ट्रिय परिचयपत्र नदिन सुझाव

SHARE:

काठमाडौँ । राष्ट्रिय परिचयपत्र गैरआवासीय नेपाली र विदेशीलाई वितरण गर्न नहुनेमा सुझाव दिइएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले गैर आवासीय नेपालीको नागरिकताको विषय छलफलमा रहेका कारण उनीहरुलाई स्वदेशमा लगानी गर्ने तथा पहिचान हुने व्यवस्था गर्नुपर्ने भए पनि परिचयपत्र उपलब्ध नगराइने जानकारी गराए ।

सांसद विजय सुब्बाले गैर आवासीय नेपाली तथा विदेशीलाई सामाजिक सुरक्षा कार्डको व्यवस्था गर्न सकिने बताउँदै उनीहरुलाई परिचयपत्र वितरण गर्दा राष्ट्रियतामा आघात पुग्ने विचार व्यक्त गरे ।

सांसद पम्फा भुसालले निश्चित समय नेपाल बसेका विदेशीलाई स्थायी बसोबासलगायतका अन्य प्रकारले सुविधा दिन सकिने भए पनि परिचयपत्र नेपाली नागरिकलाई मात्र वितरण गर्नुपर्नेमा जोड दिए ।

सभापति शशि श्रेष्ठको सभापतित्वमा भएको छलफलमा सांसद यशोदा सुवेदी, प्रेम सुवाल, रेखा शर्मा, दीव्यमणि राजभण्डारी, नवराज सिलवाल तथा गृहसचिव प्रेमकुमार राईले परिचयपत्रमा फोटो, औँलाको छाप, रेटिनाको प्रयोग गरी वैयक्तिक तथा जैविक विवरणको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!