पौडेल र सिटौलाको असहमतिबीच कांग्रेसको विधान पारित

SHARE:

काठमाडौं । नेपाली कांग्रेसको विधान बहुमतबाट पास भएको छ । प्रक्रियामा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले भने फरक मत राखेका छन् ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संशोधित विधान बहुमतबाट पास गरेको हो । तर, केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक तहमा एक पटक मात्र हुनुपर्ने महासमिति सदस्यहरुको माग सम्बोधन भएन । पुसमा सम्पन्न महासमितिमा जिल्ला सभापतिहरुले यो मागलाई प्रमुख रुपमा उठाएका थिए । बैठक समापन गर्ने क्रममा पार्टी सभापति देउवाले केन्द्रीय समितिबाट विधान पास गर्दा सम्बोधन गर्ने वचन दिएका थिए ।

तर, आइतबार यो दुबै विषय सम्बोधन भएन । केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले परिमार्जनसहित विधान पास गर्ने प्रस्ताव राखेका थिए । लगतै केन्द्रीय सदस्यहरुले परिर्माजन भनेको केके भन्ने प्रश्न गरे । ‘उहाँले सामान्य शुद्धाशुद्धी मात्र भन्नुभयो । महासमितिमा पार्टी सभापतिले दिनु भएको बचन परेन’ केन्द्रीय सदस्य गगन थापा भन्छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति सदस्यलाई धोका दिन नसक्ने भन्दै फरक मत लेख्ने बताए । नेता कृष्ण सिटौलाले बैठक बस्नुअघि भएका सहमति प्रयासबारे जानकारी गराए । नेताहरुका अनुसार सिटौला र अर्जुनरसिंह केसीले पार्टी सभापतिलाई सहमतिका लागि थप प्रयास गर्न भनेका थिए । तर, देउवा पक्षीय नेताहरुको दबावका कारण बहुमतबाट केन्द्रीय सदस्यहरु स्वतः महाधिपेशन प्रतिनिधि हुन पाउने र आरक्षणमा पनि सीमा नरहने गरी बहुमतले विधान पास भएको छ । निर्णयमा पौडेलसँगै सिटौला, केसी, डा. रामशरण महत, नविन्द्रराज जोशी, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङलगायतका नेताहरुले फरक मत राखेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!