SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धीअनुसार नेपालले पानी पाउनुपर्ने बताएका छन् । उनले राष्ट्रिय हित नछाड्न निर्देशन समेत दिएका छन् ।

नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ ।

त्यसको अघिल्लो दिन पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना कार्यान्वयनबारे जल तथा उर्जा आयोगको सचिवालयको विफ्रिङमा प्रधानमन्त्री ओलीले नेपाल–भारतस्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा रख्न निर्देशन दिएका हुन् ।

२३ बर्ष अघि भएको महाकाली सन्धीअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएको भन्दै उनले यस बिषयलाई गम्भिरताका साथ उठाउनुपर्ने बताएका छन् ।

‘हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यन्वयन हो । सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भनेका छन्, सिरानबाट नहर बग्ने तर, हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहँदैन ।’

१९ माघ २०५२ मा भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउनुपर्छ । तर, भारतले अहिलेस्म्म यो सम्झौता कार्यान्वयन गरेको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!