नुवाकोटमा आदिवासी जनजाति महोत्सव शुरु

SHARE:

विदुर । नुवाकोटमा आदिवासी जनजाति महोत्सव बिहीबारदेखि शुरु भएको छ । विदुर नगरपालिका वडा नं ४ बट्टारमा नेपाल आदिवासी जनजाति महासङ्घ नुवाकोटको आयोजनामा सञ्चालित महोत्सवको उद्घाटन महासङ्घका केन्द्रीय अध्यक्ष जगत बरामले गर्दै नेपालमा अब आदिवासी जनजाति जुटेर पहरेदारी र खबरदारी गरी देशलाई समुन्नत बनाउनुपर्ने बताए ।

महोत्सव उद्घाटनका अवसरमा विभिन्न वेशभूषा झल्काउने नाच र झांकी प्रदर्शन तथा प्रहसन गरियो । त्यस्तै तामाङको प्रसिद्ध घोडचढी नाचसमेत देखाइएको छ । दश दिनसम्म चल्ने महोत्सवको सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधीन भवनलाई पूरा गराउनका लागि आर्थिक स्रोतसमेत जुटाउने मूल उद्देश्य रहेको आयोजक समितिका संयोजक भगवान राना मगरले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!