महाकाली नदी किनारमा जिप खस्यो, नाबालकसहित ११ जनाको मृत्यु

SHARE:

दार्चुला । जीप दुर्घटनामा परी नाबालक सहित ११ जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जाँदै गरेको म १ ज २८० नम्बरको जीप दुर्घटना हुँदा नाबालक सहित ११ जनाको मृत्यु भएको तथा १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर ३ राताकाठा भन्ने भिरबाट करिव ३ सय मिटर तल महाकाली नदी किनारमा खसेको जीपमा चालकसहित १२ जना सवार रहेको खुल्न आएको छ। प्रहरीले घटनास्थलमा ७ जना महिलाको शव फेला पारेको छ भने ३ जना पुरुष तथा १ जना नाबालकको शव फेला पारेको उनले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका जीप चालक दिपक धामीको जिल्ला अस्पतालमा उपचार भैइरहेको उनले बताए। दुर्घटना के कति कारणले भएको खुल्न नसकेको प्रहरीले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!