सरकारले एक वर्षमा असाधारण कामहरु गरेको प्रधानमन्त्रीको दावी

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षमा असाधारण कामहरु गरेको दावी गरेका छन ।

उनले अघि भने, ‘एक वर्षको बीचमा असाधारण कामहरु भएका छन् । हुन त अहिलेको समय आलोचना र टिप्पणी गर्न रुचाउने समय छ । केही पनि भएन । हुँदै भएन । कतै केही भएन भन्ने छँदैछ । यो त मान्छेको बानी नै बनेको छ ।’

दिवंगत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा बिहीबार काठमाडाैंमा आयोजित श्रदाञ्जली सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘रवीन्द्र अधिकारी एक वर्ष मन्त्री हुनुभयो । एक वर्ष मन्त्री पाउँदा बिर्सन नसक्ने कामहरु गर्नुभयो, कसैले उपेक्षा गर्नै नसक्नेगरी छोडेर जानुभयो । संस्कृति, पर्यटन नागरिक उड्यनको क्षेत्रमा, उहाँको कामको तीव्रता, उहाँका योजनाहरु असाधारण छन ।’

प्रधानमन्त्री ओलीले पूर्वउपप्रधान तथा अर्थ मन्त्रीसमेत रहेका दिवंगत नेता भरतमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलन के हो ? भन्ने बुझेका र कामबाट चिनिएका नेताका रुपमा चित्रण गरे ।

आङछिरिङ शेर्पा राम्रो काम गरेर छोटो समयमा नेपालको पयर्टन व्यावसाय, एक ढङ्गले सामाज्य जस्तो कायम गर्न सफल व्यक्ति भएको उनको भनाइ थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!