गृहमन्त्रीद्वारा जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट

SHARE:

काठमाडौं । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ ।

शुक्रबार भएको सहमतिलाई सिके राउत स्वयंले जनमत संग्रह गर्ने सहमतिका रुपमा ब्याख्या गरेपछि सत्तारुढ र विपक्षी सांसदहरुले प्रश्न उठाएका थिए । लगतै गृहमन्त्री रामबहादुर थापा बादलले स्पष्टीकरण दिएका छन् । उनले भने, ‘भ्रामक कुरा हो । सरकारले यो ढंगले निर्णय गरेको होइन ।’

तर, पूरक प्रश्न गर्दै सांसदहरुले सिके राउत आफैंले सहमतिमा हस्ताक्षर गर्ने समारोहमा नै जनमत संग्रह गर्ने आफ्नो मागमा सहमति भएको दाबी गरेको स्मरण गराए ।

जवाफमा गृहमन्त्री बादलले भने, ‘तराई मधेसलाई नेपालबाट अलग गर्नुपर्ने मागलाई जनमत संग्रहमा लैजाने सहमति गरिएको होइन । यदि उहाँले जनमत संग्रह नै हो भन्नुभयो भने सहमतिविरुद्ध हुन्छ । पुरानो ठाउँमा जान्छ ।’

उनले अघि भने, उहाँले कुन कोणबाट भन्नुभएको हो, त्यसमा थप स्पष्ट हुनुपर्ला ।’

पछिल्लो समय सिके राउत समूहका गतिविधिले चुनौती थपिएको स्मरण गर्दै गृहमन्त्री बादलले भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक सहमति गरिएको बताए । उनले भने, ‘यो समूहले नेपाललाई विखण्डन गर्ने वा स्वतन्त्र मधेस देश स्थापना गर्ने लक्ष्य परित्याग गरेको छ ।’

सहमतिको पहिलो बुँदामा नै नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्नु आफ्नो कर्तव्य ठान्छौं भनिएको उनले स्मरण गराए । उनले सहमति राष्ट्रिय अखण्डताको रक्षामा महत्वपूर्ण उपलब्धी भएको सरकारको निष्कर्ष सुनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!